‘महापुरूष’ को मोफसल भ्रमण विर्तामोड हुँदै पोखरा पुगेर सक्कियो



काठमाडौं। कात्तिक ११ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘महापुरूष’ ले मोफसल भ्रमण सकेको छ । गत असोज २५ मा पुर्वको विर्तामोडबाट सुरुभएको मोफसल भ्रमण ३० गते पोखरामा सकिएको हो । मोफसलमा रहेका दर्शकहरूसँग प्रत्यक्ष रुपमा भेटघाट गर्दै स्थानीयसञ्चारकर्मीहरूलाई सिनेमाको बारेमा जानकारी दिन कलाकार हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रबिन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अन्जना बराईली, कमेडियन सुमन कार्की, गायक निशान भट्टराई, गायिका रचना रिमाल, गायिका एन्जिला रेग्मी लगायतले टुर गरेका थिएँ ।

कोरोनाको महामारी पश्चात दर्शकसँग प्रत्यक्ष भेटघाट गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया अभिनेता आचार्यले दिए । ‘मोफसलकादर्शकहरूबाट भ्रमणमा पाएको मायालाई शब्दमा व्यक्त गर्न सकिदैन । बढी भन्दा बढी दर्शक भेटेर सद्भाव साटेका छौँ । हाम्रो चलचित्रपारिवारिक कथामा आधारित भएकाले स–परिवारलाई निम्तो गरेका छौँ’, अभिनेता आचार्यले भने । कार्यकारी निर्मातासँगै कलाकारसमेत रहेका रबिन्द्र सिंह बानियाँले दर्शक सिनेमा प्रति उत्साहित रहेको बताए ।

‘हामीले निर्माण गरेको अघिल्लो सिनेमाले दर्शकसँग सम्बन्ध जोड्न मदत गरेको छ । महापुरूषलाई लिएर दर्शक उत्साहित हुनुहुन्छ ।टुरले उहाँहरुको मनसाय बुझ्ने मौका पनि दियो’, अभिनेता बानियाँले भने। दर्शकसम्म सिनेमको जानकारी पुर्याउन नै ‘मोफसल भ्रमण’ गरिएको उनले बताए । यसै सिनेमा मार्फ़त डेब्यु गर्ने अरुण क्षेत्री र अन्जना बराईली पनि उत्साहित छन् ।

‘सिनेमामा दुई पुस्ताको प्रेम देखाइएको छ । सन्तानले अभिभावक र अभिभावकले सन्तानसँग चाहने भावनात्मक सम्बन्धलाई लिएरसिनेमा तयार गरिएको छ । यसमा निर्देशक प्रदीप भट्टराईकै लेखन रहेको छ । षट्कोण आर्ट्सको व्यानारमा निर्मित सिनेमाकाकार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् ।

सिनेमामा दीपक बज्राचार्यको छायांकन , मित्र डी. गुरुङको सम्पादन रहेको छ। यही सिनेमाबाट कवि नवराज पराजुलीले पनिगीतकारको रुपमा डेब्यु गर्दै छन् । पार्श्व ध्वनिमा रोहित शाक्य /शैलेश श्रेष्ठ ,ध्वनि संयोजनमा किशोर आचार्य , रंग संयोजनमाजुनिम गहतराज र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.