काठमाडौं र सुर्खेतमा नेपाल युरोपियन युनियन चलचित्र महोत्सव हुँदै



काठमाडौं। नेपाल युरोपेली युनियन चलचित्र महोत्सवको ११ औँ संस्करण आयोजना हुने भएको छ। कात्तिक ११ देखि १५ गतेसम्म काठमाडौंमा हुने महोत्सवमा १३ युरोपेली र ३ नेपाली चलचित्र प्रर्दशन हुनेछन्। प्रत्यक्ष र अनलाइन गरी चल्ने महोत्सव भौतिक रुपमा चलचित्र विकास बोर्डमा हुनेछ।

त्यसैगरि,सुर्खेत महोत्सवको दोस्रो संस्करण हुने छ। कार्तिक १९ देखि २२ गते सम्म मध्यपश्चिम विश्वविद्यालय परिसरमा महोत्सव आयोजना गरिने छ। जहाँ ५ युरोपियन तथा ३ नेपाली चलचित्र प्रदर्शन गरिनेछन्।

‘दुई वर्षको अन्तरालपछि सिनेमाहलमा फेरि जान पाउनु र युरोपका १३ उत्कृष्ट चलचित्रका साथै ३ नेपाली चलचित्र प्रस्तुत गर्न पाउँदा हामी धेरै उत्साहित छौं। सिनेमा साँस्कृतिक र बौद्धिक जीवनको अग्रभागमा रहन्छ र साँस्कृतिक आदान प्रदानलाई प्रवर्द्धन गर्न र हाम्रो जीवनलाई प्रभावित पार्ने सवालहरुलाई हामी कसरी हेर्छ भन्ने हाम्रो बुझाइलाई सम्वृद्ध बनाउनका लागि सिनेमा प्रभावकारी माध्यम हो्,’ नेपालस्थित युरोपेली युनियनको डेलिगेसनकी कार्यवाहक प्रमुख जोयेले हिभोनेटले भनिन्।

१३ युरोपियन चलचित्र मध्ये रिता हुतानेनले निर्देशन गरेको ‘गड्: अफ मोलेन्बेक’, लोरेन्ट मिचेली र ओस्कारले निर्देशन गरेको ‘लोला’ र आराश टी. रिहाहीले निर्देशन गरेको ‘अस्कर एण्ड लिली’मा नेपाली सब्टाईटल हुनेछन् ।

महोत्सवमा भर्खरै प्रदर्शन भएर चौतर्फी प्रशंसा कमाएको ‘ऐना भ्यालको पुतली’ पनि प्रदर्शन हुनेछ।त्यसैगरि, किरण श्रेष्ठले निर्देशित ‘येट अनदर विन्टर’ र विशाल रोक्का मगरको निर्देशन रहेको ‘गोर्खा गर्ल’ पनि देखाइनेछन।

महोत्सवको सद्भावना दूत रहेकी अभिनेत्री केकी अधिकारीले युरोपेली चलचित्रको प्रदर्शनले सिनेमा साक्षरतामा अभिवृद्धि गर्ने र नेपाल र युरोपबीच सहकार्यका ढोका खोल्ने विश्वास व्यक्त गरिन्।

महोत्सवअन्तर्गत चलचित्र र चलचित्र निर्माणका विभिन्न पक्षहरूसँग सम्बन्धित अन्तर्किया कार्यक्रम पनि आयोजना हुनेछन्।सुर्खेतमा चलचित्रकर्मी सुजित बिडारीले कात्तिक २२ गते कणार्ली प्रदेशका चलचित्रका विद्यार्थी तथा चलचित्रकमीहरुलाई लागि मास्टरक्लास दिनेछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.