चलचित्र पत्रकार तथा निर्देशक पोखरेलले कपिलवस्तु एकबाट दिए उम्मेदवारी



काठमाडौँ। २०५८ साल देखी रंगमञ्चमा काम गरेका बसन्त पोख्रेल २०६२ सालबाट नेपाल टेलिभिजनको जिबनचक्र सिरियलबाट सहायक निर्देशकको रुपमा पर्दा पछाडीको काममा ब्यस्त भए । ०५८ देखी ०६२ सम्ममा उनले ३ दर्जन भन्दा धेरै नाटकहरुमा अभिनय गरीसकेका थिए भने दर्जन बढि नाटकको लेखक र निर्देशन पनि गरे । पोख्रेलले जिवनचक्र पछि लगातार नेपालटेलिभिजनबाटै प्रशारण भएका सिन्दुर,करुणा,घर परिवार, नाता र नेपालवान टेलिभिजनबाट प्रशारण भएको कसलाई आफ्नो भँनु सिरियलमा पनि सहायक र मुख्य सहायक निर्देशकको रुपमा काम गरे । चलचित्र ज्वालामुखी मार्फत ठुलो पर्दाको चलचित्रमा काम सुरु गरेका पोख्रेलले २ दर्जन भन्दा धेरै ठुलो पर्दाका चलचित्रहरुमा पनि सहायक र मुख्य सहायक निर्देशकको रुपमा काम गर्न भ्याए । लामो समय देखी चलचित्र कर्ममा लागेका पोख्रेलले चलचित्र पत्रकारीता पनि गरीरहेका छन् ।

करीब ३ वर्ष पहिले मात्रै नेपाल टेलिभिजनबाट प्रशारण भएको र दर्शकले निकै रुचाएर टेलिसिरियल डियर जिन्दगी मार्फत उनि पर्दा अगाडी पनि आए । डियर जिन्दगीमा पोख्रेलले लेखन,श्रृंखला निर्देशन सँगै मुख्य भुमिकामा अभिनय पनि गरे । उक्त सिरियलमा उनले गरेको खलपात्रको अभिनय दर्शकले निकै रुचाएका थिए ।

निरन्तर चलचित्रकर्ममा लागेका पोख्रेल राजनीतीमा निकै चासो दिने चलचित्रकर्मीहरु मध्य पर्दछन् । उनले भर्खरै मात्र दशैं शिर्षकमा लघु चलचित्र निमार्ण गरेर यु ट्युबमा रिलिज गरेका छन । नेपाली चलचित्र क्षेत्रलाई उधोगको रुपमा स्थापीत गर्न राज्य सधै उदासीन रहेको भन्दै निकै आक्रोस पोख्दछन् । देशको राजनीती स्थिर भएमा मात्रै चलचित्र क्षेत्र सँगै अन्य क्षेत्रको पनि ब्यवसाय राम्रो हुने उनको बुझाई रहेको छ । राज्यले आफ्नो भाषा जोगाउनको लागी पनि नेपाली चलचित्र प्रति स्पस्ट निती बनाउनै पर्ने उनको भनाई रहेको छ । देशको राजनीतीमा सुधार नल्याए सम्म कुनै पनि कुरा नसुध्रिने भन्दै आफु राजनीतीको होमीएको पोख्रेलले बताए । राजनीतीमा आउने आफ्नो रहर नभएर बाध्यता भएको पनि पोख्रेलले बताए । आज सम्म साशन सत्तामा रहेकाहरुले राम्रो सँग देश चलाएको भए आफुलाई राजनीतीमा आउनु नपर्ने पनि उनले थपे । उनले एकिकृत शक्ती नेपाल नामक पार्टीबाट प्रतिनिधि सभा सदस्यका लागी कपिलवस्तु क्षेत्र नम्बर एकबाट उम्मेदवारी दिएका छन् । उनको चुनाव चिन्ह त्रिशुल हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.