फोपी मार्फत रिलिज हुनेभयो ‘लभ नम्बर २२’


काठमाडौँ। पछिल्लो समय डिजिटल मार्केटले धेरै नै फड्को मारेको छ। डिजिटल मार्केटको बिस्तार संगै वेब सिरिजको निर्माण पनि बढेको छ। सिरिज बनाउन अब्बल मानिएको एसियन म्युजिकले नयाँ सिरिज ‘लभ नम्बर २२’ नेपालमा उदाइरहेको ओटिटि प्लेटफर्म फोपि सँग मिलेर बनाएको छ। ‘लभ नम्बर २२’ असोज ३० मा फोपिमा रिलिज हुँदैछ। अहिलेको युवा पुस्ताको कथा बोल्ने सिरिजले दर्शकलाइ भरपुर् मनोरंजन दिनेमा निर्माण टिम बिस्वस्त छ।

सरिन पोखरेलको कथा र निर्देशनमा तयार भएको सिरिजलाई संकल्प भुजेलले छायाँकन र कृष्ण भण्डारीले सम्पादन गरेका छन्। इश्वर गुरुङ र इभान गुरुङले निर्माण गरेको सिरिजमा अमृत ढुंगाना,रक्षा थापा,अमितेश शाह,अस्मिता खनाल,रिवाज लामा,सेजल गौतम,नारायण प्रधान,स्वर्णीमा खतिवडा लगाएतका कलाकारको अभिनय रहेको छ। बसन्त अधिकारी एसोसियट निर्देशक रहेको ‘लभ नम्बर २२’ मा खगेन्द्र श्रेष्ठ र दिपेन्द्र तामाङ सह निर्माता रहेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.