‘दुई नम्बरी’ले एक सातामा कमायो साढे चार करोड



काठमाडौं । अघिल्लो शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘दुई नम्बरी’ले बक्स अफिसमा सुखद व्यापार गरिरहेको छ । चलचित्रले प्रदर्शनको पहिलो साता बक्स अफिसमा ४ करोड ५० लाख ग्रस कलेक्शन गरेको प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए ।

निर्माण टिमले शनिबार चलचित्रको पहिलो साताको कलेक्सन सार्वजनिक गरेको हो । दोस्रो साता पनि चलचित्रले उत्साहजनक व्यापार गरिरहेको छ । प्रस्तुतकर्ता नेपालीका अनुसार दोस्रो साताको शुक्रबार र शनिबार दर्शकको उपस्थिति अघिल्लो साताको भन्दा बढी छ ।

चलचित्र मुनाफामा गईसकेको निर्माण टिमको दाबी छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार ‘दुई नम्बरी’मा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्दि तामाङ लगायतको मुख्य भूमिका छ ।