‘मनसँग मन’ को गीत सार्वजनिक, रोमान्टिक बने पुष्प र बर्षा



काठमाडौँ। चलचित्र ‘मनसँग मन’ को गीत सार्वजनिक गरिएको छ । ‘सहि दिउँला’ बोलको गीतमा रोहन हिङ्ग्माङ्ग र अस्मिता अधिकारीको स्वर, अर्जुन पोखारेलको संगीत र मुक्त उदाशको शब्द रहेको छ । गीतको भिडियोलाई सौरभ लामाले खिचेका हुन् भने रामजी लामिछानेको कोरियोग्राफी,अर्जुन जीसीको सम्पादन रहेको छ ।गीतको भिडियो हाइलाट्स नेपालको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

यो भिडियोमा चलचित्रका मुख्य कलाकार नायक पुष्प खड्का र नायिका वर्षा शिवाकोटीको रोमान्टिक अवतार देख्न सकिन्छ । चलचित्रमा महेन्द्र बागदास, शन्ते दा लगायतको पनि अभिनय रहेको छ । सौरभ इन्टरनेन्मेन्ट र बलाली प्रोडक्शनको ब्यानरमा अरुण तामाङले निर्माण गरेको चलचित्रको कथा र पटकथा निर्देशक राईले तयार पारेका हुन् । सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको प्रस्तुतिमा यो चलचित्र तयार भएको हो । पहिलो पटक ठूलो पर्दामा स्क्रिन शेयर गरेका पुष्प र वर्षा चलचित्रलाई लिएर उत्साहित छन् । चलचित्रको वितरण रीच इन्टरटेन्मेन्ट,जी.जी.ए ग्रूप र एफ डि कम्पनीले गर्दैछ।