मह जोडीलाई सम्मान गर्दै ‘लाखे’को प्रदर्शन एक साता पछि सर्यो



काठमाडौँ। मल्टीस्टार फिल्म ‘लाखे’ कार्तिक १८ मा प्रदर्शन हुने भएको छ । सस्पेन्स थ्रीलर जनराको प्रतिक्षित फिल्मले घोषित डेट भन्दा एकहप्ता पछाडी प्रदर्शन तय गरेको हो । केही समय यता एक हप्ताको अन्तरालमा फिल्म प्रदर्शन भइरहेका छन् । कार्तिक ११ मा ‘महापुरुष’ पनि भएपछि डेट फेरबदल गरिएको हो । भदौ ३१ गतेलाई रिलिज तय गरिएको ‘लाखे’ प्राविधिक काम नसकिएपछि कार्तिक ११ मा प्रदर्शन हुने तयारीमा थियो । ‘मह जोडी अभिनित फिल्मलाई सम्मान गर्दै नयाँ रिलिज डेट तय गरेका हौँ । दर्शकले नेपाली फिल्मलाई माया गरिरहेको समयमा सम्भावना बोकेका फिल्महरू भिड्नु राम्रो होइन,’ फिल्मका निर्माता डिपी भण्डारीले बताए ।

सम्राट बस्नेत निर्देशीत फिल्ममा सौगात मल्ल,अनुप बिक्रम शाही,अर्पण थापा,आर्यन अधिकारी,वर्षा राउत,रोहित रुम्वा,संजोग राणा,सुशील सिटौला,प्रशान्त ताम्राकार,रक्षा बुढाथोकी,कालु राना,सुगन तण्डुकार र बाल कलाकार सिस्टम भण्डारी लगायतको अभिनय रहेको छ ।

सिजन अर्यालको कथा र निर्माण रहेको फिल्मको निर्मातामा डिपी भण्डारी र गणेश मल्ल ठकुरी (जिएम) छन् । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्म सुजन प्रजापतिले खिचेका हुन् भने कोरियोग्राफी कविराज गहतराजको छ । निर्देशक सम्राटकै द्धन्द्ध निर्देशन रहेको फिल्मका गीतमा दीपक बज्राचार्य र हर्कुलस बस्नेतको संगीत छ । ‘लाखे’ अर्जुन जिसीले सम्पादन गरेका हुन । औरियन प्रोडक्सनले ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरसँगको सहकार्यमा निर्माण गरेको फिल्मकोे पटकथा आकाश बरालले हुन भने सम्वादमा उनलाई अनुप न्यौपाने सघाएका छन् । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।