सन्तोष पन्तको ‘हिजो आजका कुरा’ प्रदर्शनमा



काठमाडौं । चलचित्र ‘हिजो आजका कुरा’ आज शुक्रवारबाट सार्वजनिक प्रदर्शनमा आएको छ । पन्त फिल्म प्रोडक्सनको प्रस्तुति रहेको चलचित्र ‘हिजो आजका कुरा’ सन्तोष पन्तका छोरा साकार पन्तको निर्देशनमा बनेको हो । चलचित्रले बुधवार प्रिमियर शोजको आयोजना गरेको थियो। प्रिमियरमा चलचित्रले मिश्रित प्रतिक्रिया पाएको छ। चलचित्रले मल्टिप्लेक्स चेन क्युएफक्स लगायत अन्य सबैमा राम्रो शोज पाएको छ।

नेपाल टेलिभिजनमा प्रसारण भएको हास्य सिरियल ‘हिजो आजका कुरा’ नाम सापटी लिएर चलचित्र निर्माण गरिएको हो । उक्त सिरियल टेलिभिजन इतिहासको सर्वाधिक लोकप्रिय सिरियल मानिन्छ । टेलिसिरियल ‘हिजो आजका कुरा’का शीर्ष कलाकार सन्तोष पन्त र रमा थपलियाको मुख्य भूमिका रहेको छ । चलचित्रमा साकार पन्त, केकी अधिकारी, ऋचा शर्मा, दिब्यदेव, रिमा बिश्वकर्मा, स्व.जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, बिनय कुँइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सबिन शाक्य, कमला रेग्मी, रिहान केसी लगायतले अभिनय गरेका छन ।

रवि सायमीले खिचेको यो चलचित्रको कार्यकारी निर्माता प्रतिभा पन्त, सह–निर्माता बैकुष्ठप्रसाद उपाध्याय र सचितकुमार मिश्र छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.