महको चलचित्र ‘महापुरुष’ को ट्रेलर सार्वजनिक (भिडियो)



काठमाडौं । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित चलचित्र ‘महापुरुष’को ट्रेलर सार्वजनिक गरिएको छ । सामाजिक विषयबस्तुमा आधारित ‘महापुरुष’लाई प्रदीप भट्टराईले लेखन एवं निर्देशन गरेका हुन् । कार्तिक ११ देखि सार्वजनिक प्रदर्शनमा आउने चलचित्रमा मदनकृष्ण, हरिवंश, रविन्द्र र अरुणसंगै गौरी मल्ल, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुली लगायतको अभिनय छ ।

दीपक बज्रचार्यले खिचेको चलचित्रमा कालीप्रसाद बाँस्कोटा,रिदम कँडेल,एस डि योगीको संगीत, शंकर महर्जनको एक्सन, वाइल्ड रीपर्जको कोरियोग्राफी र मित्र डी. गुरुङको सम्पादन छ । षट्कोण आर्ट्सको व्यानरमा निर्मित चलचित्रमा रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माताका रुपमा छन् । म्याक्स दिपेश खत्री चलचित्रका निर्माता हुन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.