अस्ट्रेलियामा गायक रुपक डोटेल र प्रदेश लिम्बुको धमाका



काठमाडौँ । ११ बर्ष अगाडी ‘आगे आगे तोपैको गोला पछि पछि मशिनगन फरर’ गीत गाएर चर्चामा आएका धरानका गायक प्रदेश लिम्बु दशैँमा अस्ट्रेलियाको सिड्नी र ग्रानभिले शहरमा दुइवटा कार्यक्रम गरि भर्खरै फर्केका छन्। गत असोज १३ र १४ गते ग्रानभिल नेपाली समाजको आयोजनामा ग्रानभिलेको हिमालयन प्यालेसमा दशैं तिहार साँझ र नेपहप इभेन्ट्सको आयोजनामा सिड्नीको क्लब योर्क सिड्नीमा आयोजित रमाइलो नाइट लगायतका कार्यक्रममा आफ्नो चर्चित गीत आगे आगे तोपैको गोला, रिङ्ग रिङ्ग जाडो लाग्यो , पसले साहुनी लगायतका आफ्ना चर्चित तथा नयाँ गीतहरु गाएर दर्शकहरुलाई भरपुर मनोरंजन दिएका थिए। उनीसंगै अर्का चर्चित गायक रुपक डोटेलले सानुमाया , बनकी चरी उडी लगायतका गीतहरु गाएका थिए। सिड्नीमा आयोजित रमाइलो नाइटमा चर्चित जनवादी गायक जेबी टुहुरेकी श्रीमती सतीदेबी खड्गीलाई सम्मानित गरिएको थियो।

११ बर्ष अगाडी थलो एल्बम निकालेर नेपाली संगीत क्षेत्रमा पाइला बढाएका प्रदेशले सोहि एल्बमको ूआगे आगे तोपैको गोलाू गीतले राम्रै नाम कमाएका थिए। उनि केही बर्ष सांगीतिक कार्यक्रम तथा सांगीतिक गतिविधिहरुमा ब्यस्त भएपनि आफ्नो घरायसी कामले संगीतमा समय दिन छाडेका थिए।
घरायसी कामबाट अहिले भने केहि फुर्सद निकालेर हल्का रुपमा संगीत क्षेत्रलाई पनि समय दिने गरी उनि अहिले सक्रिय हुदैछन। गएको भदौमा धरानमा आयोजित जनगायक जेबी टुहुरेको श्रदान्जली कार्यक्रम र धरानमै आयोजित फ्रेन्ड्स गार्डेन नाइटमा गीत गाएर संगीत क्षेत्रमा कम्ब्याक गरेका प्रदेश अहिले आफ्नो दोस्रो एल्बम थलो (२ को गीतहरु रेकर्डिङ्गमा ब्यस्त छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.