चलचित्रकर्मी करणको प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता



काठमाडौँ। अभिनेता, निर्माता तथा वितरक करण श्रेष्ठले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । श्रेष्ठले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को तर्फबाट काठमाडौंँ क्षेत्र नम्बर १ को प्रदेश ‘ख’ तर्फ उम्मेदवारी दर्ता गरेका हुन् ।

‘द मस्ट वान्टेड’, ‘जन्जिर’, ‘सम्झि दिए पुग्छ’, ‘२ दुना ५’, ‘ह्याप्पी न्यू इयर’, ‘पल्टन’ लगायत करिब दर्जन चलचित्रमा अभिनय गरेका श्रेष्ठले आधा दर्जन बढी चलचित्र निर्माण समेत गरेका छन् । उनी पछिल्लो समय चलचित्र वितरकको रूपमा सक्रिय छन् । श्रेष्ठ साइकलमा नेपाली झण्डा राखेर उम्मेदवारी दर्ता गर्न पुगेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.