‘लभ नम्बर २२’ को ट्रेलर सार्वजनिक,युवा पुस्ताको लभ,रोमान्स र धोका



काठमाडौँ। पछिल्लो समय डिजिटल मार्केटले धेरै नै फड्को मारेको छ। डिजिटल मार्केटको बिस्तार संगै वेब सिरिजको निर्माण पनि बढेको छ। यसै क्रममा वेब सिरिज ‘लभ नम्बर २२’ को ट्रेलर सार्वजनिक गरिएको छ। एसिएन म्युजिकको अफिसियल च्यानल मार्फत सार्वजनिक २ मिनेट २४ सेकेन्ड लामो ट्रेलरमा युवा पुस्ताको लभ,रोमान्स र धोकालाई देखाउन खोजिएको छ।

सरिन पोखरेलको कथा र निर्देशनमा तयार भएको सिरिजलाई संकल्प भुजेलले छायाँकन र कृष्ण भण्डारीले सम्पादन गरेका छन्। इश्वर गुरुङ र इभान गुरुङले निर्माण गरेको सिरिजमा अमृत ढुंगाना,रक्षा थापा,अमितेश शाह,अस्मिता खनाल,रिवाज लामा,सेजल गौतम,नारायण प्रधान,स्वर्णीमा खतिवडा लगाएतका कलाकारको अभिनय रहेको छ। बसन्त अधिकारी एसोसियट निर्देशक रहेको ‘लभ नम्बर २२’ मा खगेन्द्र श्रेष्ठ र दिपेन्द्र तामाङ सह निर्माता रहेका छन्।