प्रदिप शाहीको निर्देशन रहेको’अन्तिम संस्कार’ को मुस्ताङ छायांकन सम्पन्न



काठमाडौँ। प्रदिप शाहीको निर्देशनमा बनि रहेको चलचित्र ‘अन्तिम संस्कार’को हिमाली जिल्ला मुस्ताङमा चालिस प्रतिशत छायांकन पुरा भएको छ। शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘अन्तिम संस्कार’को केहि दिन अघि मुक्तिनाथ मन्दिरमा शुभ मुहर्त गरेर छायांकन सुरु गरिएको हो ।

सांस्कृतिक तथा सामाजिक कथाबस्तु समेटिएको ‘अन्तिम संस्कार’को छायांकन गर्न अंग्रज कलाकार विजय लामासहितको चलचित्र युनिट मुस्ताङ पुगेका थिए । चलचित्र युनिटले मुस्ताङमा करिब ४० प्रतिशत छायांकन सक्काएर काठमाडौं फर्किएको छ।

मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा चलचित्र ‘अन्तिम संस्कार’को छायांकन गरिएको निर्माता विनोद सुवेदी खत्री (टाटेमित)ले जानकारी दिए । चलचित्रको निर्माता विनोद सुवेदी हुन् । झन्डै डेढ करोड लागत रहेको सो चलचित्रमा कलाकार विजय लामासहित दिया पुन, कृष्णभक्त महर्जन,बिशाल पहारी, एवन राज उप्रेती, श्याम राई, सारदा गिरी, त्रिचु राई,सश्मिता गिरी र दिग्गज खत्री लगायतको अभिनय रहने छ । चलचित्रको छायांकन बाबु श्रेष्ठले गर्दैछन् । निर्देशक शाहीको ‘अन्तिम संस्कार’ दोस्रो चलचित्र हो । उनको निर्देशनमा बनेको पहिलो चलचित्र ‘गोर्खा बिनिथ द ब्रेभरी’ प्रर्दशन भइसकेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.