अमेरिकामा महको प्रस्तुति हेर्न मानिसहरु उर्लिए


madankrishna-haribansha
(सेलिब्रेटी नेपाल) २३ असार-नेपालको चर्चित हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अमेरिकामा रहेका नेपालीहरुमाझ प्रहसन प्रस्तुत गरेका छन। केही दिन पहिले अमेरिका पुगेको मह जोडीले विभिन्न शहरमा कला प्रस्तुत गरिरहेका छन्। शुक्रबार मात्र महले द एशोसियन अफ नेपालिज इन द अमेरिकाज (एएनए) को ३१ औं सम्मेलनको पहिलो दिन विशेष प्रस्तुती गरेको थियो।

सम्मेलनको विशेष आकर्षणका रुपमा रहेका मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आधा-आधा घण्टाका दुई प्रहसन प्रस्तुत गरेका थिए। हाँस्य र व्यंग्यको बेजोड संगमका रुपमा रहेका प्र्रहसन हेरेर दर्शकहरु पेट मिचीमिची मात्र हाँसिरहेका थिएनन्, संवेदनशील विषयमा व्यंग्य गर्दा मनै अमिलो पारेर संवेदना पनि व्यक्त गरिरहेका थिए। पहिलो दिनको करिब एक घण्टे प्रहसनकालागि त टिकट ‘सोल्ड आउट’ हुनपग्यो । हल भित्र अनि बाहिरको मौहाल हेर्दा लाग्थ्यो, सम्मेलन होईन्, मह चाटनै मानिसहरु उर्लिए। मह नहुँदा सुस्ताएका रित्ता सम्मेलन कक्ष हरुले यसैलाई पुष्टि गर्थ्र्यो ।

हाँस्य व्यङग प्रहसनको पहिलो प्रसंग थियो,’म डन’। नेपालको ‘डन’ संस्कार लाई चरितार्थ पार्न क्रममा डन चरित्रका फोटोग्राफर मदनकृष्णले विदेश भाँसिन राहदानीकालागि फोटो खिच्न आएका हरिवंशलाई पनि ‘डन’ बनाईदिएको र फोनको भरको करोडौं कमाएका दृश्यहरु एवम संवादहरुले आप्रवासीहरुलाई पेट मिच्न बाँध्य बनाएका थिए सम्मेलनको अन्तिम दिन शनिबार पनि महले दर्शकलाई पेट मिचिमिचि हसाएका थिए। १० वर्षपछि अमेरिका आएको महको प्रहसन हेर्न ठूलो संख्यामा दर्शक भेला भएका थिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.