सुरेन्द्र पौडेल निर्देशित प्रेम कथानक चलचित्र ‘बाबरी’ प्रदर्शनमा



काठमाडौँ। बडा दशैँको छेको पारेर आज बाट चलचित्र ‘बाबरी’ प्रदर्शनमा आएको छ । प्रदर्शनको पुर्व सन्ध्यामा चलचित्रको प्रिमियर गरियको थियो। प्रिमियरमा चलचित्र हेर्नेले एउटा सरल प्रेम कथामा बनेको चलचित्र भन्दै तारिफ गरेका थिए। सुरेन्द्र पौडेल निर्देशित प्रेम कथानक चलचित्रमा अदिति बुढाथोकी, धिरज मगर, धिरज नाडकर, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, शेखर चापागाईं,सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोन लगायतका कलाकारहरुको अभिनय छ ।

ट्रेलर, गीत र स्टारकास्टका कारण चर्चामा रहेको चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । चलचित्रमा गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीको निर्माण रहेको छ । सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं र अनमोल गुरुङको संगीत, स्वयंम निर्देशक पौडेलले सम्पादन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.