मिसेस नेपाल पिसको ताज हिनालाई



काठमाडौं ।‘मिसेस नेपाल पिस २०२२’ को उपाधि हिना शुक्लाले जितेकी छन् । २० प्रतियोगीलाईपछि पार्दै उनले मिस फोटोजेनिक सहित शिर्ष उपाधि चुमेकी हुन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगीतामा फष्ट रनर अप रीमा खड्का, सेकेन्ड रनर अप सुबिना शाक्य, थर्ड रनर अप सीमा सराफ र फोर्थ रनर अप रेशमा पूरी घोषित भए ।

अभिनेत्री ऋचा शर्मालाई मानार्थ ‘मिसेस् नेपाल पिस’ को उपाधि समेत प्रदान गरिएको प्रतियोगीतामा राजभाई सुवाल, सीता पाठक, आस्था साख, सृजना जोशी र अभिनेत्री शर्मा पनि निर्णायक रहेका थिए ।

एमी इन्टरटेन्मेन्टको आयोजना र युहान इन्टरनेशनको ब्यवस्थापन रहेको प्रतियोगीतामा पब्लिक च्वाईस अञ्जु ढुंगाना, भिवर्स च्वाईस बिनिता प्रधान, मिसेस् ट्यालेन्ट हिरादेवी श्रेष्ठ, म्यानेजमेन्ट च्वाइस सबी ह्यौमिखा, बेस्ट ड्रेसका साथै बेस्ट पिस प्रोजेक्टको संगीना ताम्राकार, बेस्ट वाक अनिशा सुवेदी, बेस्ट स्माइल सपना श्रेष्ठ, मिसेस् कञ्जीनालिटी अञ्जु न्यौपाने र मिसेस् कन्फिडेन्ट मनिषा रेग्मी, बेष्ट पर्सनालीटी रीमा खड्का चुनिए ।

महिलाविरुद्ध हुने सबैखाले हिंसाको न्युनिकरणमा योगदान दिने हेतुले प्रतियोगीताको आयोजना गरिएको आयोजक एमी इन्टरटेन्मेन्ट एमी रौनियारले बताए । प्रतियोगीता उमेर समुह, विवाहित, डिभोर्सी, तौल, उचाईंको पनि मापदण्ड नराखिएको उनले सुनाए ।

रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगीतामा रीमा खड्का, अनिशा सुवेदी, बिनिता प्रधान, श्रेया रेवदी श्रेष्ठ, वन्दना चौधरी, लक्ष्मी ढुंगाना, अञ्जना अमात्य चुके, संगीना ताम्राकार, मनिषा रेग्मी, अर्चना अमात्य, प्रमिला लामा, सपना श्रेष्ठ, साबी ह्यौमिख, हिरादेवी श्रेष्ठ, अन्जु न्यौपाने, सुबिना शाक्य, अञ्जु ढुंगाना, सीमा सराफ, रेशमा पूरी, हिना शुक्ला लगायत प्रतियोगीताको आजीवन सदभावना दूत समेत नियुक्त भएका थिए ।

प्रतियोगिताले विवाहित नारीहरूको माध्यमबाट महिलाविरुद्ध हुने हरेक खालका हिंसाबारे महिलाहरुलाई जागरुक बनाउँदै त्यसविरुद्ध महिलालाई सशक्त रुपमा प्रस्तुत हुन सचेतनाको माध्यमबाट आत्मविश्वास र आत्मबल निर्माण गरेको आयोजकको विश्वास छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.