‘भोगाइ’ टिमको दशैं बिसेष कार्यक्रम सम्पन्न



काठमाडौँ। प्रकृति मिडिया एन्ड फिल्म्सले विजया दशमीको अवसर पारेर दशैं शुभकामना आदानप्रदान तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न गरेको छ । बिगत ४ बर्ष देखी विभिन्न सामाजिक कार्यमा समेत लागिपरेको संस्ठाले जन चेतनामूलक ‘भोगाइ’ नामक सिरिज ८ भाग सम्म प्रसारण गर्दै भोगाइको कलाकारलाई सम्मान समेत गरेको हो। कार्यक्रममा लेखक निर्देशक कलाकार प्रदिप सिंह थापा, कलाकार शितल के.सी. जादुगर तथा कलाकार राजेन्द्र गिरी ‘गुन्द्रुके’,चरीत्र अभिनेत्री चन्दा बिडारी होचा कलाकार मनोज बिक, लगाएत२ दर्जन कलाकारलाई सम्मान गरेको छ । भोगाइ सिरिजका कलाकारले विभिन्न प्रस्तुति राखेका थिए।