‘नेक्स्ट सुपर मोडल २०२२’ को उपाधि रविया र शैलेसले हात पारे



काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘नेक्स्ट सुपर मोडल २०२२’ को उपाधि रविया नगरकोटी र शैलेस मगरले जितेका छन् । ट्यालेण्ट पिक कम्पनीद्वारा आयोजित प्रतियोगितामा उनीहरुले क्रमशः महिला र पुरुष गरि दुई भिन्न विधाको उपाधि हात पारेका हुन् ।

उनीहरुले पुरस्कार स्वरुप एक–एक लाख रुपैया बराबर सेवा सुविधा हात पारेका छन् । प्रतियोगितामा साक्षी बास्तोला र सञ्जय पुरी ‘फस्ट रनर अप’ हुँदै २५ हजार बराबर सुविधा जिते ।

त्यस्तै पुरुषतर्फको अन्य टाइटलअन्तर्गत आयुष मिश्र ‘मस्ट पपुलर’, श्याम गुरुङ ‘पब्लिक च्वाईस’, अर्विन नेपाल ‘बेस्ट ड्रेस’, सञ्जय पुरी ‘बेस्ट वाक’ र शैलेस मगर ‘फोटोजेनिक’ भए ।

महिलातर्फ रविया नगरकोटी ‘मस्ट पपुलर’, मलिना राना ‘पब्लिक च्वाईस’, साक्षी वास्तोला ‘बेस्ट ड्रेस’, रविया नगरकोटी ‘बेस्ट वाक’ र नम्रता शाही ठकुरी ‘फोटोजेनिक’ भए ।

रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगितामा दीपक घिमिरे, सद्दाम हुसेन, महेश केसी, रेजिना तुलाधर, धिरज तण्डुकार, र दिक्पाल कार्की निर्णायक थिए । प्रतियोगिताको इभेण्ट डाईरेक्टरमा परमानन्द चौधरी र म्यानेजरमा स्वस्ती दंगाल थिए ।