शीलाले लिएर आइन धर्तीको सन्देश !


dhartiko-sandesh_unnati
(सेलिब्रेटी नेपाल) २२ असार-गीतकार उन्नती बोहरा (शीला)को दशौँ गीति एल्बम ‘धर्तीको सन्देश’ शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ । अन्तर्राष्ट्रिय नेपाल साहित्यिक समाज नेपाल च्याप्टरद्वारा आयोजित कार्यक्रममा यादव खरेल, चेतन कार्की, प्रदीप रिमाल, चन्द्रकला नेवाः, दुर्गालाल श्रेष्ठ, किरण खरेल र रत्न शम्शेर थापाले संयुक्त रुपमा ‘धर्तीको सन्देश’ को गरेका थिए। सङ्गीतकार शम्भुजीत बास्कोटा र दीपक जङ्गमले सङ्गीत दिनुभएको सो एल्बममा रवीन शर्मा, प्रमोद खरेल, जुनु प्रसार्इं, सत्यराज आचार्य र स्वरूपराज आचार्यले स्वरवद्ध गरेका छन् । एल्बममा कोटीकोटी प्रणाम छ, खोला जस्तै बगिरहेछु, नगर छेडखानी, नफुटौं भाइभाइ, आयो रे आयो रे, को चोखो को बिटुलो र धर्तीको चिसो काख छ गरी कुल ७ गीत संगृहित छन्। गीतकार बोहराले आफूले जीवनका विविध क्षणमा भोगेका तथा देखेका अनुभवलाई सङ्कलन गरेको बताइन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.