मिसेस मंगोलको उपाधी सम्झनाले जितिन्



काठमाडौँ। मिसेस मंगोल नेपालको आठौं संस्करणको विजेता नुवाकोटकी सम्झना तामाङ भएकी छिन्। निर्णायकको प्रश्नमा सटिक जवाफ दिँदै उत्कृष्ट दशलाई उछिन्दै उनले विजेताको रुपमा चाँदिको ताज पहिरिएकी छिन् ।

हिमालयन मुभिजको आयोजनामा ललितपुरको म्युजिक सिटी स्टुडियोमा वुधबार सम्पन्न विवाहित मंगोलीयन समुदायका महिलाहरुको सो सौन्दर्य प्रतियोगितामा अन्जना पयाब्गु लिम्वुफस्ट रनर अप तथा शर्मिला बलामी सेकेन्ड रनर अप हुन सफल भएका छन्।

चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाको प्रशिक्षणमा झण्डै दुई साता सम्मको व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेज प्रस्तुती, क्याटवाक, आत्मविश्वास अभिवृद्धि लगायत विविध विषयमा प्रतियोगीहरुले तालिम लिएका थिए । कार्यक्रममा सवटाइटल अवार्डहरु पनि वितरण गरिएको थियो ।

जसमा बिजेता सम्झना तामाङ्ग बेस्ट फोटोजेनिक त्यसैगरी फस्ट रनर अप अन्जना पयाब्गु लिम्वुले मोस्ट स्मार्ट र सेकेन्ड रनर अप शर्मिला बलामीले मोस्ट कन्फिडेन्ट, रोजी ब्लोन मोस्ट एक्टिभ, सविना मगर मोस्ट डिलिजेन्ट, सुमित्रा श्रेष्ठ मोस्ट करिज्म्याटिक, सुस्मा तामाङ्ग मोस्ट चार्मिङ्ग, रमिता महर्जन बेस्ट कम्प्लेक्सन र अमृता सुब्बा बेस्ट पर्सनालिटि, मोस्ट पपुलर, त्यस्तै गरि पब्लिक च्वाईस भिडियो अवार्ड सबटाईटल हात पार्न सफल भएका थिए ।

कार्यक्रमका निर्णायकहरुमा चर्चित मोडल तथा नायक यसराज गराज, फेसन डिजाइनर सुक्मिता चौलागाई, मिसेस ग्लोबल नेपाल २०२२ निता लिब्देन, ब्युटिसियन नेपाल २०१९ हेमा पुन मगर र मिस नेपाल आइडल २०१९ निब्मा ल्हमु शेर्पा रहेका थिए । लाइफ ओके टिभीबाट सम्प्रेषित सो कार्यत्रमको फोटोग्राफी भिडियोग्राफी कुवेर तामाबले गरेका थिए । कार्यक्रममा त्रिशक्ति नृत्य समूहबाट आकर्षक नृत्य तथा मनोरञ्जनात्मक प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो भने मोडल तथा नायक दिक्पाल कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए ।

विविध मौलिक सांस्कृतिक पहिरनहरुमा सजिएका प्रतियोगीहरुले आ–आफ्नो मौलिक भाषाको समेत प्रयोग गर्दै रोचक तरिकाले परिचयात्मक चरणमा आफुलाई प्रस्तुत गरेका थिए । साथै कोरियोग्राफर हिमानिकै कोरियोग्राफिमा विशेश नृत्य प्रस्तुत गरेका थिए । विवाहित मंगोलियन समुदायका महिलाहरुको कार्यक्रम भएकाले प्रश्न–उत्तर चरण तथा क्राउनिङ्ग चरणमा समेत प्रतियोगीहरुले सांस्कृतिक झल्को दिने पहिरन लगाएका थिए । प्रतियोगीहरुले विवाहित मंगोलियन समुदायका महिलाहरु घरभित्र मात्र हैन स्टेजमा पनि सुन्दरता र बौद्धिकता दुवैमा अव्वल छन्भनी प्रमाणित गरेका थिए ।

“कला, संस्कृति, भाषा, भेषभ्षा र मौलिकता संरक्षण अभियान, मिसेस मंगोलनेपालको एक अलग पहिचान ।” भन्ने भनाईका साथ सम्पन्न सो कार्यक्रम विवाहित मंगोलियन समुदायका महिलाहरुको कला संस्कृति प्रवद्र्घन एवं क्षमता अभिवृद्धिका लागि आयोजना गरिएको आयोजक पक्षले जनाएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.