बरिस्ट चलचित्रकर्मी पौड्यालकाे जन्मदिन नेपाल स्नेही काखमा मनाईयाे


काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका बरिस्ट व्यक्तित्व, राजनीतिज्ञ तथा समाजसेवी उद्वव पौड्यालको जन्मोत्सव धापाखेलमा रहेको आश्रममा मनाईएको छ ।
फिल्म निर्देशक निरक पौडेलकाे श्रीमती अनिसा पौडेलकाे साथमा नातिनीहरु आयरा/जोया पौडेलले आश्रममा रहेका स-साना बाल बालिकाहरुसंग खुसी साटेर जन्मदिन भावनात्मक सम्बन्ध बढाएका छन् ।

सामाजिक कार्यमा सक्रिय रहेकाे उद्वव पौडेल फाउन्डेसनकाे आयाेजना रहेकाे जन्मोत्सव समारोहमा आश्रममा रहेका सम्पूर्ण व्यक्तिहरुलाई खाना खुवाउनेसंगै मिष्ठान्न भाेजन गराईएको छ ।

नेपाल स्नेही काखमा रहेका बाल बालिका तथा आमा बुवाहरुसंग जन्मदिनको खुसी साट्न पुगेका पौडेल परिवारले आगामी दिनमा समेत संस्थालाई साथ सहयाेग जारी राख्ने बताएको छ ।