गुरूङ चलचित्र ह्राेसैँ ङ्हाे (आफ्नो कर्म) काे बिसेष प्रदर्शनी हुँदै



काठमाडौँ। गुरूङ चलचित्र ह्राेसैँ ङ्हाे (आफ्नो कर्म) काे काठमान्डाैमा विशेष प्रदर्शन हुने भएको छ ।गुरूङ संस्कार संस्कृतिमा आधारित नेपाली भाषाकाे चलचित्र ह्राेसै ङ्हाे (आफ्नो कर्म) काे यहि सोमवार अर्थात भोलि घटस्थापनाकाे दिन सामाखुसी स्थित रानीदेवी पार्टी प्यालेस पुरानाे विश्व फिल्म हलमा विशेष प्रदर्शन गरिन लागेकाे हो। चलचित्रका नायक वीरबल घलेले दिएको जनाकारी अनुसार चलचित्र तीन बर्ष अगाडि नै निर्माण गरिएता पनि काेराेना महामारीकाे कारण भर्खर प्रदर्शन गरिन लागेकाे हाे ।

जनक गुरूङकाे कथा तथा निर्देशन रहेकाे चलचित्रलाई नवज्याेति भिजन नेपालले निर्माण गरेको हाे । गुरूङ चलचित्र जगतका चर्चित नायिका अनुता गुरूङ, नायक वीरबल घले, नव नायक रबिन गुरूङ, आकृति गुरूङ, सीता गुरूङ, मन्त्रीजंग गुरूङ, मेनुका गुरूङ, रेशम गुरूङ, राम गुरूङ, दिव्या गुरूङ, बाल कलाकार श्रद्दा गुरूङ , जमान सिं गुरूङ, दुर्गा गुरूङ, शम्सेर जंग गुरूङ लगायतकाे मुख्य अभिनय रहेकाे यस चलचित्रले गरिबी र बाध्यताले विदेशिनु परेका आम युवाहरूकाे संघर्ष र दुख सुखकाे कथालाई समेटेर निर्माण गरिएको छ। चलचित्रले उठाएको कथा बस्तुलाई सम्पूर्ण नेपालीले हेर्नु पर्ने बिषय भएको निर्माण पक्षले दावी गरेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.