महजोडीको फिल्म ‘महापुरुष’को दोश्रो गीत सार्वजनिक (भिडियो)



काठमाडौं । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित चलचित्र ‘महापुरुष’को दोश्रो गीत सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै ‘ बेमौसमी’बोलको गीत सार्वजनिक गरिएको हो। राम अविरल विस्टको शब्द रचना रहेको गीतमा एस डि योगीको को संगीत र स्वर छ । स्वरमा योगीलाई रेश्मा पुनले साथ दिएकी छन्।

विवेक रसाइलीले निर्देशन गरेको भिडियोको कोरियोग्राफी प्रमोद के भण्डारीले गरेका हुन्। सार्वजनिक गीतको डिओपी पुरुसोत्तम प्रधान हुन् भने छायाँकार शेर बहादुर तामाङ रहेका छन् ।

गीतको भिडियोमा हरिवंश आचार्य,गौरी मल्ल र डेब्यु अभिनेता अरुण क्षेत्रीको साथमा अभिनेत्री अन्जना बराइली फिचर्ड छन् । चलचित्रमा हरिवंश र अरुण बाबु–छोराको भूमिकामा छन् ।

सामाजिक विषयबस्तुमा आधारित ‘महापुरुष’लाई प्रदीप भट्टराईले लेखन एवं निर्देशन गरेका हुन् । कार्तिक ११ देखि सार्वजनिक प्रदर्शनमा आउने चलचित्रमा मदनकृष्ण, हरिवंश, रविन्द्र र अरुणसंगै गौरी मल्ल, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुली लगायतको अभिनय छ ।

दीपक बज्रचार्यले खिचेको चलचित्रमा कालीप्रसाद बाँस्कोटा,रिदम कँडेल,एस डि योगीको संगीत, शंकर महर्जनको एक्सन, वाइल्ड रीपर्जको कोरियोग्राफी र मित्र डी. गुरुङको सम्पादन छ । षट्कोण आर्ट्सको व्यानरमा निर्मित चलचित्रमा रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माताका रुपमा छन् । म्याक्स दिपेश खत्री चलचित्रका निर्माता हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.