कायस्थको नेपाल भाषाको फिल्म ‘इन्दिरा धिमे मैंचा’ को शुभ मुहूर्त



काठमाडौँ। नेपाल भाषाको फिल्म ‘इन्दिरा घिमे मैँचा’ को भक्तपुरको कमल विनायकमा शुभ मुहूर्त गरिएको छ । फिल्म ‘इन्दिरा घिमे मैँचा’ नेपालको पहिलो महिला धिमे बादक इन्दिरा लाछिमस्यूको जीवनीमा आधारित रहने छ । बिके फिल्मस्को ब्यानर निर्माण हुने फिल्ममा सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशन रहनेछ । गोपाल काजी कायस्थ प्रस्तुतकर्ता रहेको फिल्ममा सुरेन्द्र शाक्य निर्माता हुन् । आगामी असोज १० गतेबाट फिल्म छायांकनमा जाने निर्माण टीमले जानकारी दिएको छ ।

फिल्मकाे सह-निर्माताका रुपमा प्रकाश दिप श्रेष्ठ, गंगादेवी मानन्धर, सरिना बज्राचार्य, रजना जोशी र प्रबिन भाम रहेका छन् । नेपालभाषाका ख्यातिप्राप्त एवम लोकप्रिय निर्देशक सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशन रहेको फिल्ममा इन्दिरा लाछिमस्युको समेत अभिनय रहने छ । फिल्मको मुख्य भूमिकामा गणेश राम लाक्षी, आशा काजि थकु, नगिना जोशी, रोजिना सुवाल, रुपेन श्रेष्ठ, देब चन्द्र बज्राचार्य, राम राजा भाम र सिम्रिक श्रेष्ठको भूमिका रहने छ ।

फिल्ममा संगीतकार निल शाक्य र सुरेन्द्र श्रेष्ठको संगीत रहनेछ । सोहन मानन्धरको छायांकन रहने फिल्मको मुख्य सहायक निर्देशक भोगेन्द्र मानन्धर र कार्यक्रम ब्यबस्थापक सिताराम माकः रहेका छन् ।