हरिप्रसाद कल्याणी रिमाल विषेश सञ्चारसेवा सम्मान गिरिलाई



काठमाडौँ। हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले आईतवार राजधानीमा एक कार्यक्रम आयोजना गरी संगीत, नाट्य तथा संञ्चार क्षेत्रका विभिन्न व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। रेडियो नेपालका प्रथम गायक, अभिनेता तथा रंगकर्मी स्व. हरिप्रसाद रिमालका साथमा उनको सञ्चारकर्मी पत्नी कल्याणी रिमालको नाममा स्थापित प्रतिष्ठानले जमलस्थित सांस्कृति संस्थानमा आयोजित कार्यक्रका बीच कलाकर्मी र सञ्चारकर्मीलाई सम्मान र पुरस्कारबाट सम्मानित गरेको हो।

स्व. हरिप्रासदको पूण्यतिथी पारेर आयोजित कार्यक्रममा २०७७ र ०७८ साल गरि दुई वर्षको विविध विधामा सम्मान र पुरस्कार प्रदान गरिएको हो। कार्यक्रममा २०७७ को हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवाबाट रेडियो पत्रकार तथा गायिका नुपूर भट्टचार्य, हरिप्रसाद रिमाल नाट्य संगीत पुरस्कारबाट गायिका ज्ञानु राणा, हरिप्रसाद कल्याण्ी रिमाल विशेष नाट्य संगीत सम्मानबाट रंगकर्मी सुनील पोखरेल र हरिप्रसाद कल्याणी रिमाल विषेश सञ्चारसेवा सम्मानबाट पत्रकार राजेन्द्र बानियाँ सम्मानित भएका छन्।

त्यस्तै २०७८ को हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा सम्मानबाट सञ्चारकर्मी धन लामा, हरिप्रसाद कल्याणी रिमाल विषेश सञ्चारसेवाबाट नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरी, हरिप्रसाद रिमाल नाट्य संगीत पुरस्कारबाट नाट्यकर्मी महेन्द्र मलेगिया र हरिप्रसाद कल्याणी रिमाल विशेष नाट्य संगीत सम्मानबाट नाट्यकर्मी तथा निर्देशक प्रभाकर शर्मा सम्मानित भएका छन्। हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा र हरिप्रसाद रिमाल नाट्य संगीत पुरस्कारको राशी ३१ हजार एक सय एघार रुपिया“ तथा हरिप्रसाद कल्याणी रिमाल विशेष नाट्य संगीत सम्मान र हरिप्रसाद कल्याणी रिमाल विषेश सञ्चार सेवा सम्मानको राशी २१ हजार एक सय एघार रुपियाँ रहेको छ।

कार्यक्रममा प्रमूख अतिथि जनगायक तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुपलपति नारायण भक्त श्रेष्ठ (रायन), सस्थाकी संरक्षीका कल्याणी रिमाल, कार्यक्रमका सभापती तथा साहित्यकार वासुदेव त्रिपाठीलगायतले कलाकर्मी तथा सञ्चारकर्मीलाई सम्मान र पुरस्कार प्रदान गरेका थिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.