असोज १७ गते लिसंखुपाखरमा बृहत सांस्कृतिक कार्यक्रम हुँदै



काठमाडौं। सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका ५ स्थित सिलढुंगा युवा क्लबले यही असोज १७ गते बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलन मार्फत कार्यक्रमबारे जानकारी गराईएको हो ।

लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष राजु लामाको प्रमुख आतिथ्य र उप–प्रमुख मिठुदेबी लामा विशिष्ट अतिथि रहने कार्यक्रममा प्रख्याँत कलाकारहरुको उपस्थिति रहने जनाईएको छ भने कार्यक्रमको अध्यक्षता क्बलको अध्यक्ष दिपेश श्रेष्ठले गर्नेछन् ।

उक्त क्लबकाअनुसार समुद्घाटन तथा बृहत सांस्कृतिक कार्यक्रममा हाँस्यकलाकार सन्दिप क्षेत्री, गायकहरु बाबु बोगटी, प्रेम लोप्चन, कलाकारहरु केदार घिमिरे, सीता घिमिरे (चन्द्रमुखी), शसिकला मोक्तान, बिनु शाक्य, सरोज लामिछाने, सिर्जना खत्री हाउडेमाया, सीमा भण्डारी, उषा पाख्रिन, सुनिता पाख्रिन, रबिन्द्र दर्नाल, अनिता बस्नेत (मास्टर्नी),अजय श्रेष्ठ लगायतका कलाकारको उपस्थिति रहनेछ ।

हाँस्यकलाकार सन्दिप क्षेत्रीले कोभिडको महामारीपछि क्लबले दशैंको अवसरमा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेकोमा धन्यवाद दिँदै सफलताको शुभकामना दिए । उनले समय मिलेसम्म कार्यक्रममा सहभागी हुने पनि प्रतिबद्धता जाहेर गरे ।