सफलताका साथ तेस्रो सातामा ‘झिँगेदाउ’


काठमाडौं। भाद्र १७ गते देखि प्रदर्शनमा आएको चलचित्र ‘झिँगेदाउ’ले सफलता पुर्वकतेस्रो साताको यात्रा तय गरेको छ । ‘झिँगेदाउ’ले प्रदर्शनको सुरुवाती दिन देखि नै राम्रो ब्यापार गरेको थियो । ‘वर्ड अफ माउथ’ बलियो भएका कारण तेस्रो सातामा पनि सिनेमाले हाउसफुलको व्यापार गरिरहेको छ । नेपाली जनजीवन र परिवेशमा समसामयिक अनुभुत हुने घटनालाई पस्केको सिनेमा दर्शकका लागि पूर्ण मनोरंजनको खुराक बनेको छ।

निर्देशक ज्ञानेन्द्र देउजाले सिनेमाले पहिलो साता घरेलु बक्सअफिसबाट लगानी उठाएर नाफाको बाटोमा हिँडेको जानकारी दिएका छन् । सिनेमाको बक्सअफिस अंक भने सार्वजनिक भएको छैन । पारिवारिक घर झमेलाको कथा भन्ने सिनेमालाई दर्शकले उत्कृष्ट भनिरहेका छन् ।

प्रदीप भारद्वाजको लेखन रहेको सिनेमामा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल बिष्ट, हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषालल गायतका कलाकारहरुको अभिनय छ । भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’मा आधारित सिनेमा कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको व्यानरमा निर्माण भएको हो । सिनेमामा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरे (कल्पित)को छायांकन, रोशन श्रेष्ठको एक्सन, रामजी लामिछानेको कोरियोग्राफी र मित्रदेव गुरुङको सम्पादन छ । सुलभ प्रतिक देउजा र समिक्षा देउजाले निर्माण गरेको सिनेमामा सुशील दाहाल र इश्वर घिमिरेको सहनिर्माण छ ।