‘के घर के डेरा’ को टिजर सार्वजनिक,घर भित्रै घुमेको कथा (भिडियो)



काठमाडौँ। चलचित्र ‘के घर के डेरा’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा काठमाडौंमा बस्ने दुई परिवारको कथालाई देखाइएको छ । काठमाडौंमा घर किन्न संघर्ष गरिरहेका र घर भएर पनि लुकाउन बाध्य पात्रहरूको कथा टिजरले भनेको छ । झन्डै २ मिनेट लामो टिजरमा चलचित्रका प्रमुख कलाकार दयाहाङ राई, विपिन कार्की, बर्षा राउत, सुरक्षा पन्तको वरिपरी कथा घुमेको छ। सिंगे लामाको कथा रहेको चलचित्रको पटकथा महेश दवाडीको रहेको छ। चलचित्रलाई दिपेन्द्र के.खनालले निर्देशन गरेका हुन। चलचित्रमा दयाहाङ राई, सुरक्षा पन्त,बिपिन कार्की, लक्ष्मी गिरी, वर्षा राउत, रविन्द्र झा, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोशिस क्षेत्री, बाल कलाकार आयुशी ढकाल लगायतका कलाकारहरुको अभिनय छ ।

दिर्घ गुरुङको छायांकन रहेको चलचित्रमा शंकर थापा स्माइल र कोशिस क्षेत्रीको संगीत तथा दिर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् । चलचित्रको निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन रहेका छ्न। चलचित्र ‘के घर के डेरा’ कात्तिक ४ गतेदेखि प्रदर्शनमा आउँदैछ । यम ओलीको प्रोडक्सन डिजाइन रहेको चलचित्रको वितरण जिजिए ग्रुपले गर्नेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.