सदगुरुसँग मिडिया व्यबसायीको साक्षात्कार



काठमाडौँ। योगी, दुरदर्शी एवम् ईशा फाउण्डेशनका संस्थापक सद्गुरुले नेपाली संस्कृतिमा शुद्धता र मिठास भएकोले यो भूमीले एसियाको स्विट्जरल्याण्ड हुने सम्भावना बोकेको बताउनुभयो । काठमाडौँ बत्तिसपुतलीस्थित द्वारिका होटलमा आयोजित एक कार्यक्रमा विभिन्न सञ्चार गृहका प्रतिनिधि तथा व्यवसायीहरुलाई सम्बोधन गर्ने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । राष्ट्र निर्माणका लागि सबै एकजुट हुनुपर्ने कुरा उल्लेख गर्दै सदगुरुले भन्नुभयो, “कुनै पनि मुलुक अविकसित हुनु भनेको एउटा अवसर हो ताकि हामी आफूले चाहेको जस्तो राष्ट्र बनाउन सकौँ ।”

उहाँले विषेशगरी युवा तथा व्यवसायीहरुलाई एकजुट भएर राष्ट्रको हितको लागि भिजन निर्माण गर्न साथै आगामी निर्वाचनअघि राष्ट्रको भविष्य तय गर्न नेताहरूसमक्ष सो भिजन प्रस्तुत गर्न आग्रह गर्नुभयो । राजनीति विभेदको खेल नभएर राष्ट्रको हितका लागि नीति बनाउने माध्यम भएकोले सबै एकजुट भएर अगाडि आउनुपर्ने बताउँदै सद्गुरुले, “लोकतन्त्रको सौन्दर्य भनेको नागरिकसँग आफ्नो नेतृत्वकर्ता छनौट गर्ने अधिकार हुन्छ, जसकारण समझदारीपूर्वक सचेत व्यक्तिहरूलाई नेतृत्व तहमा पुर्याउन यो शक्ति प्रयोग गर्नुपर्छ ।”

माटो जोगाउन नेपाल जस्तो मुलुकले के गर्न सक्छ भन्ने एकजना सहभागीको जिज्ञासामा सद्गुरुले माटो जोगाउन “निती परिवर्तन” लाई जोड दिँदै विशेषगरी तीनवटा कुराहरु समेट्नुपर्ने बताउनुभयो: पहिलो, किसानलाई राहत (incentives) दिनुपर्ने; दोस्रो, कार्बन क्रेडिटको प्रकृयालाई सरल बनाउने; तेस्रो, न्युनतम जैविक पदार्थ (३-६%) सुनिश्चित खाद्यान्नलाई बजारमा मान्यता प्रदान गर्ने । किसानको आर्थिक अ‍वस्थालाई सम्बोधन गरेर मात्रै माटो जोगाउन सम्भव हुने कुरामा सद्गुरुले जोड दिनुभयो ।

विश्वभरी माटो मरुभूमि बनिरहेको सङ्कटलाई सम्बोधन गर्न सद्गुरुले गत मार्चमा विश्व्यापी माटो जोगाऔं अभियान सुरु गर्नुभएको थियो । हालसम्म ३.९ अर्ब मानिसहरुले सो अभियानप्रति समर्थन जनाएका छन्, जसमा नेपालसहित ८१ राष्ट्रहरु औपचारिक रुपमा जोडिएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.