पहिलो कविता रियालिटी शो ‘द पोइट आइडल’को घोषणा



काठमाडौँ। नेपालमा पहिलोपटक कवितामा आधारित रियालिटी शो ‘द पोएट आइडल’को निर्माण घोषणा गरिएको छ। आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै शोको लागि अडिसन खुला गरिएको जानकारी दिइएको हो। अमनप्रताप अधिकारीले निर्देशन गर्ने रियालिटी शोमा नेपाली भाषाका कविहरूको प्रतिभा विश्वमा पुर्याउने उद्देश्यका साथ आयोजना हुने भएको हो।

शोमा प्रतिस्पर्धीले कविता लेखन र वाचन प्रस्तुत गर्नेछन्। सहभागी हुन इच्छुकले आफूले वाचन गरेको २ मिनेटको कविता अनलाइनमार्फत पठाएर आवेदन दिन सक्नेछन्। शोको निर्णायकमा निर्देशक तथा अभिनेता अनुप बराल, उपेन्द्र सुब्बा, अभिनेत्री सुरक्षा पन्त र कवि तथा गीतकार विप्लव प्रतीक हुनेछन्। अभिनेता दिव्य देव होस्टको रुपमा देखिने शोको पर्फमेन्स मेन्टरको रुपमा साइग्रेस पोखरेल छन्।

‘गीत, संगीत तथा नृत्य वा अन्य विशेष प्रतिभा उजागरका लागि विभिन्न कार्यक्रम हुन्छ। तर कविताको कुनै शो छैन। कसैले कविता लेख्नेलाई स्टार महसुस गराएन। स्टार भएको महसुस गराउन कविता लेख्नेलाई प्लेटफर्म सिर्जना गराउन खोजेका हौं,’ निर्देशक अधिकारीले भने।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.