आर्यनको ‘सायरा’बन्ने औपचारिक घोषणा



काठमाडौँ। नेपाली इन्डियन मेकर्सको संयुक्त लगानीमा बन्ने फिल्म‘सायरा’ को घोषणा भएको छ । मंगलवार राजधानी काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच घोषणा गरिएको ’सायरा’मा बलिउड निर्माता तथा निर्देशक पुस्कर झाको निर्माण रहनेछ । पुस्करसँग नेपालीव्यानर डीबीआर मेडिया एण्ड मुभिजप्राली र आइविल प्रोडक्सन अष्ट्रेलियाको संयुक्त लगानी रहनेछ ।

भिलेजब्वाई प्रोडक्सन मार्फत भारतमा सिरियल र फिल्मनिर्माण गरिरहेका पुस्करले नेपाली फिल्मबनाउन पाउँदाखुसि रहेको बताए । ‘नेपाली फिल्मबनाउने इच्छा थियो । अहिले यो सहकार्य हुँदा म उत्साहित छु । नेपाली फिल्मलाई हिन्दी भाषा मार्फत विश्वबजारमा लैजाने म सहित टिमको तयारी छ । हामीले यसलाई हलसँगै ओटीटी पनि रिलिजगर्ने छौँ’ पुस्करले बताए ।

निर्देशकविशाल देसाइले नेप–इन्डो प्रोजेक्टमा जोडिन पाउँदाउत्साहित रहेको बताए । ‘मलाइनिर्देशकको रुपमा चयन गर्नु भएकोमाउत्साहित छु । हाम्रो दुई छिमेकीमुलुकको मित्रताअझ बढ्ने किसिमले हामीले यस प्रोजेक्टलाई तयार गर्छौँ’ उनले बताए । फिल्मका प्रस्तुतकर्ता रघु परियारले आफ्नो प्रस्ताव स्वीकारेर फिल्ममाजोडिनु भएको भन्दै पुस्कर र विशाललाई धन्यवाददिए ।

‘नेपालीफिल्मको बजारलाई विदेशमाविस्तार गर्न यसले महत्वपूर्ण भूमिका खेल्नेमा म ढुक्क छु । हामीले यसलाई हिन्दीभाषामाओटीटी मार्फत नेपालीफिल्मको बजार विस्तार होस् भनेर रिलिजगर्न लागेका हौँ । हामीओटीटीमा हिन्दीभाषासँगै नेपालीभाषामा समेत रिलिजगर्ने तयारीमा छौँ’ प्रस्तुतकर्ता रघुले बताए ।

फिल्ममाआर्यन सिग्देल , सुफिया सिद्दिकी , कविता नेपाली लगायतका कलाकारहरुको अभिनय रहने छ । फिल्मको अन्यकलाकार तथाप्राविधिकको बारेमा छिटै जानकारी दिने समेत प्रस्तुतकर्ता रघुले बताए । फिल्मको आइडिया र टिमले गर्दा आफू जोडिएको आर्यनले बताए । ‘फिल्मकसरि बन्छ सँगै कसरि प्रदर्शन हुन्छ भन्ने विषयमा यो टिम प्रष्ट छ । त्यसैले पनिकामगर्न उत्साहित छु’ आर्यनले भने ।

डान्सीङ रियालिटी शो मार्फत चिनिएकीकविता नेपाली यसै फिल्ममार्फत डेब्यु गर्दैछिन् । उनले टिमले आफूलाई जोडिन मदत गरेको बताइन । ‘म राम्रो डेब्युको खोजिमाथिएँ । भने झैँ टिम पाउँदा डेब्यु गर्दैछु । भूमिकापनि सुहाउँदो छ’ उनले भनिन् । दसैँ र तिहारको बीचमा छायांकन सुरु हुने सायराको ९० प्रतिशत अष्ट्रेलिया र १० प्रतिशत नेपालमा छायांकन हुने जानकारी दिइएको छ । यसमा नेपाल र भारत दुवै देशकाकलाकारको अभिनय रहनेछ ।

यसमाकार्यकारी निर्मातामाकाजीमानअत्रेय तथानिर्मातामापुष्कर झा छन् । यसको कथा प्रस्तुतकर्ता परियार स्वयंको हो । उनले लभस्टोरी कथामा पूर्ण कमर्शियल फिल्मनिर्माण गर्न लागेको बताए ।

कार्यक्रममाउपस्थितहुन् नपाउदादुखि रहेको भिडियो संदेश सुफिया सिद्दिकीले पठाउनु भयो । उहाँले नेपालीफिल्ममाकामगर्न पाउँदाआफू उत्साहित रहेको बताउनु भयो । ‘मैले बलिउड र हलिउडको केहि फिल्ममाकाम गरेकी छु । यसपटक नेपाली – इन्डियन प्रोजेक्टमा जोडिन पाउँदाउत्साहित छु’ सुफियाले भिडियो संदेश मार्फत बताइन् ।

फिल्म‘सायरा’लाई शुभकामना दिन चलचित्रकलाकार संघका अध्यक्ष रविन्द्र खड्का , चलचित्रपत्रकार संघका अध्यक्षदिनेश सिटौला , भारतीयउ द्योगपति भावर सिंह प्लाडा , इन्द्रेश राय , कलाकार अर्चना शर्मा लगायतभारतबाट नेपाल आएका थिए ।