सुरेश लामाको ‘म तिम्रो परदेशी’ मा युवराज र उषा (भिडियो)



काठमाडौँ। गायक सुरेश लामाको स्वरमा रहेको नयाँ गीत ‘म तिम्रो परदेशी’ को भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक भिडियो राम लामा अभिनाषीको शब्द तथा शम्भुजीत बास्कोटाको संगीत रहेको छ। कृष्ण पौडेलको निर्देशनमा बनेको भिडियोमा युवराज खत्री,उषा उप्रेती,माया बम फिचर्ड छन्। सुजन श्रेष्ठले छायाँकन गरेको भिडियो को सम्पादन युवराज खत्रीले गरेका छन्। भिडियो राम लामा अभिनाषीको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।