सोमबार हल बन्द गर्ने चलचित्र संघको निर्णय



काठमाडौँ। नेपाल चलचित्र संघले सोमबार हल बन्द गर्ने निर्णय गरेको छ । बिहिबार बसेको कार्यसमिति बैठकले सांकेतिक रुपमा विरोधका लागि हल बन्द गर्ने निर्णय गरेको हो । संघले प्रेस बिज्ञप्ति पनि सार्वजनिक गरेको छ। संघले प्रदर्शकहरुलाई चौतर्फी आक्रमण भएको र व्यवसाय नै संकटमा परेको भन्दै दबाव स्वरुप सोमबार हल बन्द गर्ने निर्णय गरेको हो । महासचिव नरेन्द्र महर्जनको हस्ताक्षरमा जारी बिज्ञप्तिमा की संघहरुले जारि गरेको प्रेस बिज्ञप्तिमा आपत्ति रहेको जनाइएको छ।

प्रदर्शकहरुलाई हिन्दी सिनेमाको मतियार जसरी व्यवहार गरिएको र सरकारले पनि कुनै मागको सुनुवाई नगरेका कारण आजदेखि नै हल बन्द गर्ने कि भन्ने बिषयमा छलफल भएको तर, सोमबार सांकेतिक रुपमा एक दिन हल बन्द गर्ने निर्णय गरेको महासचिव नरेन्द्र महर्जनले बताए । मागको सुनुवाई भएन भने लामो हड्तालमा जाने बिज्ञप्तिमा उल्लेख छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.