जाँच समितिका सदस्य सन्तोषले गरे चलचित्र सेन्सर बहिष्कार



काठमाडौं । चलचित्रको सेन्सरमा राजनीति भएको भन्दै चलचित्र जाँच समितिका सदस्यले नै सेन्सर प्रक्रियालाई बहिष्कार गरेका छन् । सेन्सरमा विदेशी चलचित्रलाई प्राथमिकतामा राखिएको र नेपाली चलचित्रलाई विभेद गरिएको भन्दै सदस्य सन्तोषकुमार थापाले बहिष्कारको निर्णय गरेका हुन् । ‘चलचित्र सेन्सरको एक दिनअघि नै सेन्सरको सूचना आउनुपर्ने हो, तर आजको आजै सेन्सरमा आऊ भन्नु उचित होइन’ । थापाले सेलिब्रेटी नेपालसँग भने ।

विदेशी फिल्मलाई मनपरी ढंगले जुनसुकै समयमा पनि सेन्सर गर्ने र सेन्सरको कारण देखाउँदै नेपाली फिल्मको बुकिङ नखोल्ने निर्णय चित्त नबुझेकाले बहिष्कार गर्ने निर्णय गरेको थापाले बताए ।

बिहीबार मात्रै बलिउड फिल्म ब्रह्मास्त्रसहित दुई नेपाली फिल्मको सेन्सर तालिका रहेको थियो । तिनै चलचित्रको सेन्सर भई सकेको छ भने शुक्रबार बिहान दक्षिण भारतीय फिल्म ‘सीतारामम’को सेन्सर तालिका छ । शुक्रवार सार्वजनिक विदा पनि परेको छ। अरु बेला सार्वजनिक बिदाको दिन सेन्सर हुने गरेको छैन। यो पटक बिदाको दिन पनि सेन्सर रखिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.