‘नेपाल ट्यालेन्ट हन्ट’ निर्णायकमा नीर शाह,गौरी मल्ल, सुगम



काठमाडौँ। नेपालमै पहिलो पटक आयोजना हुन लागेको टेलिभिजन रियालिटी सोमा नेपाल भित्र रहेका अनेक प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको नेपाल ट्यालेन्ट हन्टले डिजिटल अडिसन सुरु गरेको छ । आयोजक साईना साहारा ग्रुपले सोमा भाग लिन चाहने प्रतिभाशाली कलाकारले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्ने बताएको छ ।

रियालिटी सो को निर्णायको रुपमा गौरी मल्ल,नीर शाह, सुगम पोख्रेल रहेका छन् । साईना साहारा ग्रुपको प्रस्तुति रहेको यस सोका निर्माता टेकप्रसाद बाँस्तोला हुन् भने हरी शर्मा प्रोग्राम हेड रहेका छन् । यस सोको निर्देशकमा फुर्वा शेर्पा र विष्णुबाबु पन्थ रहेका छन् ।

अडिसनमा सहभागी हुन चाहाने प्रतियोगीले १ मिनेटेखि ३ मिनेटसम्मको भिडियो बनाइ पठाउनुपर्नेछ। अडिसन भाद्र २९ गतेसम्म खुल्ला रहने छ । सबै प्रतिभाको एउटै मञ्च रहेकाले यो रियालिटी सोमा कलाकारले गायन, नृत्य, अभिनय, कमेडी देखि जस्तोसुकै प्रतिभापनि आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्ने भएकाले खुल्लारुपमा अडिसन सक्ने सोका प्रोग्राम हेड शार्मले बताए । यसरी अडिसनपछि छानिने प्रतियोगीले क्रमैसँग आफूलाई अब्बल सावित गर्दैै लैजानुपर्ने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.