निर्माता संघ र निर्देशक समाजको संघर्षमा उत्रने चेतावनी,’नेपाली चलचित्रमाथि विभेद भयो’



काठमाडौं । विदेशी चलचित्रको सेन्सरमा ढिलाइ भएको कारण देखाउँदै नेपाली चलचित्रको बुकिङ खुला नगरिएकोप्रति चलचित्र क्षेत्रका दुई संस्थाले गम्भीर आपत्ति जनाएका छन् । चलचित्र निर्माता संघ र चलचित्र निर्देशक समाजले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै नेपाली चलचित्रलाई पेल्न र हेप्न खोजिएको भन्दै खेद व्यक्त गरेका छन् ।

निर्माता संघले शुक्रबारदेखि प्रदर्शनमा आउने नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ लाई समान हैसियतको शो र अग्रिम बुकिङ खुला गर्ने वातावरण बनाइदिन आग्रह गरेको छ । ‘अन्यथा नेपाली चलचित्रप्रति देखाउनुभएको निन्दनीय व्यवहारका विरुद्ध बाध्य भई कडा रुपमा प्रस्तुत भएर निरन्तर संघर्षमा उत्रिनेछौं,’ निर्माता संघले भनेको छ । निर्माता संघका अध्यक्ष नवल खड्काको हस्ताक्षरित बिज्ञप्ति सार्वजनिक गरिएको छ।

निर्देशक समाजले पनि टिकट बुकिङ खुल्ला गर्न ढिलाइ गरेकोप्रति खेद व्यक्त गरेको छ । नेपाली फिल्म क्षेत्रलाई हतोत्साही तुल्याउने गैरजिम्मेवारीपूर्ण कार्यलाई बन्देज लगाउन पनि आग्रह गरेको छ । निर्देशक समाजका महासचिव जनकदीप पराजुलीको हस्ताक्षरमा प्रकाशित बिज्ञप्तिमा संधैभरी नेपाली चलचित्र माथी बिदेशी फिल्महरुले दबाबमा राख्ने यस्तो प्रवृतिको घोर भत्सर्ना गर्ने उल्लेख छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.