चितवनमा देखियो अभिनेत्री आँचलको क्रेज, ‘झिँगेदाउ’ हेर्न चितवनमा दर्शकको भिड



काठमाडौँ। चितवनमा अभिनेत्री आँचल शर्मा दर्शक माँझ घेरिएकी छन् । सोमबार सिनेमा ‘झिँगेदाउ’को दर्शक प्रतिक्रिया बुझ्न गृहजिल्ला चितवन पुगेकी आँचलले फ्यानको उल्लेख साथ पाएकी हुन् । जलमा र इन्द्रदेव हल पुग्दा आँचलसंग फोटो खिच्ने दर्शकको उल्लेख्य भिड देखियो । सोमबार चितवनका हलमा ‘झिँगेदाउ’ ८० प्रतिशत माथिको अकुपेन्सीका साथ प्रदर्शन भैरहेको छ ।

सिनेमा हेर्न विशेष गरि महिलाहरुको उपस्थिति बढी देखियो । परिवारसहित सिनेमा हेर्नेको संख्यापनि धेरै थियो । परिवारसहित सिनेमा हेर्न आएकी एक आमाले आँचल भेट्दा आफुलाई सम्हाल्न सकिनन् । आँचललाई अँगालो हाल्दै उनले आँशु झारीन् ।

शुक्रबारदेखि प्रदर्शनमा आएको ‘झिँगेदाउ’ यतिबेला सफलताका साथ प्रदर्शन भैरहेको छ । सिनेमाको ‘वर्ड अफ माउथ’ बलियो रहेका कारण वीकडेजमा पनि दर्शक राम्रै आएका छन् ।

आमा र छोरा-बुहारीहरुको कथा भन्ने सिनेमामा आँचलसंगै केकी अधिकारी, मुकुन भुषाल, कुशल विष्ट, हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाललगायतको पनि अभिनय रहेको छ ।

सिनेमामा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरे (कल्पित)को छायांकन, रोशन श्रेष्ठको एक्सन र मित्रदेव गुरुङको सम्पादन छ । सुलभ प्रतिक देउजा र समिक्षा देउजाले निर्माण गरेको सिनेमामा सुशील दाहाल र इश्वर घिमिरेको सहनिर्माण छ ।

प्रदीप भारद्वाजको लेखन रहेको सिनेमा भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’मा आधारित छ । सिनेमा कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको व्यानरमा निर्माण भएको हो ।