डेनमार्कमा प्रकाशको ‘लेप्मुहाङ’ र थुक्तेनको ‘फर्केर पुर्व’विमोचन



काठमाडौँ। साहित्यकार, नाट्य–चलचित्र निर्देशक प्रकाशआङदेम्बेको अंगे्रजीभाषाको नाट्यकृति ‘लेप्मुहाङ’ र गजलकार थुक्तेन ड्रुक्पाको गजलकृति ‘फर्केर पुर्व’ डेनमार्कमाविमोचनभएको छ । एसोसिएसनअफ भुटनिज कम्युनिटिस इन डेनमार्क र अन्तराष्ट्रिय साहित्य समाज डेनमार्क च्याप्टरको संयुक्त आयोजनामा केहि दिन अगाडी मिडलफर्ट, डेनमार्कमा एक भव्यकार्यक्रमका बिच २ कृतीहरु एक साथ विमोचन गरिएको थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै कृतिकार प्रकाश आङदेम्बेले भने ‘हामीअहिले यस्तो देशमा उभिएर हाम्रो कृति विमोचन गरिरहेका छौं, जहाँ संसारको जुनै भूगोलवाट ल्याएको सामान, ढुंगा, रुखहरूको समेत रेकर्ड,इतिहास राखिन्छ । त्यस्तो देशमाउभिइरहदाँहामीले सम्झनु पर्छ हामीले रुख र ढुंगा जत्तीपनिआफ्नो पहिचान जोगाउन सकेका छौं कि छैनौ ?’अर्का स्रष्टा ड्रुक्पाले भने ‘नेपालीभाषामा मेरो ठूलो ज्ञान छैन तर यो भाषाको असाध्यै माया लाग्छ । यी सृजनाहरू ज्ञानले होइन सायद मनले लेखें ।’ यसैगरी कार्यक्रमका प्रमुखअथितिएनआरएन डेनमार्कका अध्यक्ष शैलेन्द्रअधिकारीले पनिदुवै कृतिकारलाई बधाई दिए ।

‘लेप्मुहाङ’लिम्बू जातिको मिथकीयपात्रहुन् । वर्तमान संसारको सृष्टि उनले गरेको कथ्यमुन्धुममाउल्लेख छ । तर आजमानिसहरू अह्म, स्वार्थको चंगुलमायतिनिकृष्ट भैसके कि लेप्मुहाङ स्वयम् सम्झाउनलाई प्रकट भएपनि उसैलाई लखेट्न सक्छन् भन्ने व्यङ्य छ । त्यसै गरी ‘फर्केर पुर्वमा’ स्रष्टाले आफुले भूटानी शरणार्थी अवस्थामाभोगेका कथा, व्यथा, भूटानी निरङकुस शासनप्रतिको विद्रोह, डेनमार्क पुर्नवास भएपछिको मानसिकअवस्था र केही प्रेम प्रसङगकागजलहरू समावेश गरेका छन् । लेप्मुहाङ’ कृतिलाई द नेशन्स फ्यालङस् अमेरिका र ‘फर्केर पुर्व’लाई गजलमञ्च भूटानले प्रकाश गरेको हो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डेनमार्क च्याप्टरको उपाध्यक्ष रमेश घिमिरे र डा. खेमराजगौतमले संयुक्त रुपमा संञ्चालन गरेको कार्यक्रमा सुदर्शन पोखरेल, भक्तराज राई, माइतलिम्बू ‘सानो मान्छे’, रमेश घिमिरे, चम्पा राई, भोलानाथअधिकारी आदिले आफ्ना सृजनाहरू बाचन गरेका थिए। एसोसिएसनअफ भुटनिज कम्युनिटिस इन डेनमार्कका महिलाकलाकारहरूले संगीनिनाच समते प्रस्तुत गरेका थिए । कार्यक्रमकाअध्यक्षता पुर्ण दाहालले गरेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.