सदगुरुको माटो जोगाऔँ अभियान, नेपाल सरकारसंग हस्ताक्षर



काठमाडौं। ‘सेभ सोइल’ अर्थात् माटो जोगाऔँ अभियानसँग नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयले ऐक्यबद्धता जनाएको छ । अभियानका लागि नेपाल आउनुभएका प्रसिद्ध सदगुरुलाई वन तथा वातावरणमन्त्री प्रदीप यादवले मन्त्रालयको तर्फबाट जारी गरिएको पत्र हस्तान्तरण गरेर अभियानसँग ऐक्यबद्धता जनाएका छन् ।

हिजो शुक्रबार साझ ललितपुर जिल्लाको गोदावरीमा आयोजना गरिएको एक कार्यक्रममा वनमन्त्री यादवले माटो जोगाऔँ अभियानका लागि सदगुरुले गर्नु भएको तीस हजार किलोमीटर यात्रालाई सम्मान गर्न र सघाउन वन मन्त्रालयमार्फत देशभरीमा कम्तिमा पनि तीस हजार वृक्षरोपण गर्ने प्रतिबद्धता समेत गरे ।

‘तपाईको अभियानमा मन्त्रालय सधै हातेमालो गरेर अगाडि बढ्न तयार छ, तपाईले गरेको राम्रो काममा हाम्रो ऐक्यबद्धता छ,’ मन्त्री यादवले भने, ‘वृक्षरोपणको कार्यको पनि भदौं महिना भित्रै सुरवात गरेर हामी आफ्नो वचनलाई पूरा गर्छौं ।’

सदगुरुलाई यादवले ऐक्यबद्धता पत्र हस्तान्तरणसँगै संसारको र्दुलभ एक सिंगे गैडाको मुर्ति पनि उपहारका स्वरूपमा प्रदान ग गरेका थिए । ‘माटो विनाश हुनबाट जोगाउन तत्काल नीतिगत पहलका लागि जनचेतना जगाउन र राजनीतिक सहमति निर्माण गर्न संसारका विभिन्न राष्ट्र घूमेर जून कार्य गर्नु भएको छ त्यो अतिनै प्रशंसनीय छ’ मन्त्री यादवले भने, ‘सदगुरुले गर्नु भएको काम, खासगरी हामी राजनीगिज्ञहरुको काम हो, हामीले गर्नु पर्ने काम उहाँले गरिरहनु भएको छ, यो भन्दा अरु खुशीको कुरा के होला ? उक्त कार्यक्रमको नेपाल नेटवर्क टेलिभिजनले लाइभ प्रशारण गरेको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.