‘हिजो आजका कुरा’ को ‘परदेश’ बोलको गीत सार्वजनिक (भिडियो)



काठमाडौँ। असोज २८ देखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘हिजो आजका कुरा’को ‘परदेश’ बोलको गीत सार्वजनिक गरिएको छ । वियोगान्त गीतमा हर्कुलस बस्नेतको संगीत र स्वर छ । वैदेशिक रोजगारीमा जाँदा परिवारसंग छुट्टिनुको पिडा बोल्ने गीतको शब्द एकतारे र साकार पन्तले लेखेका हुन् । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु बीचको पिडा देखाइएको छ ।

साकार पन्तको निर्देशकीय डेब्यु चलचित्रमा सन्तोष पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिव्य देव पन्त, साकार पन्त, रीमा विश्वकर्मा, स्व. जयनन्द लामा, रमेश अधिकारी जेविका कार्की, लक्ष्मी भुषाल लगायतका कलाकारहरुको अभिनय छ । रवि सायमीले खिचेको चलचित्रमा दीपक शर्मा,हर्कुलस बस्नेतको संगीत, कविराज गहतराजको कोरियोग्राफी र विनय कंसाकारको सम्पादन छ ।

पन्त फिल्म्स प्रोडक्सनको व्यानरमा निर्मित चलचित्रका कार्यकारी निर्माता प्रतिभा पन्त हुन् । सन्तोष पन्त र साकार पन्त निर्माता रहेको चलचित्रमा बैकुण्ठप्रसाद उपाध्याय र सचित कुमार मिश्रको सहनिर्माण छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.