पुस्तकालय सञ्चालक गुरुङलाई ‘उत्कृष्ट पुस्तकालय प्रेमी’ सम्मान



काठमाडौँ। धरान स्थित विमल स्मृति पुस्तकालयका सञ्चालक पूणर्बहादुर गुरुङलाई नेपाल सरकारले यस वर्षको ‘उत्कृष्ट पुस्तकालय प्रेमी’ को रुपमा सम्मान गरेको छ । दिवंगत छोराको सम्झनामा २०४८ सालदेखि पुस्तकालय सञ्चालन गरिरहेका गुरुङलाई १५औं पुस्तकालय दिवस २०७९ का अवसरमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार सम्मान प्रदान गरेको हो । पुस्तकालय दिवस मूल आयोजक समितिले रसियन सांस्कृतिक केन्द्रमा आयोजना गरेको कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र राज्यमन्त्री वोधमाया कुमारी यादवले गुरुङलाई दोसल्ला ओढाएर सम्मान पत्र हस्तान्तरण गरे ।

भुतपूर्व ब्रिटिस गोर्खा सैनिक गुरुङ्गका छोरा विमल कवि तथा लेखक थिए । काठमाडौंबाट धरान फर्किने क्रममा बस दुर्घटनामा परेर १९ वर्षको उमेरमै उनको निधन भएको थियो । छोरा विमलको कोठामा रहेका पुस्तकहरु संरक्षण गर्ने क्रममा उनले पुस्तकालय खोले । पुस्तकालयका लागि घर छेउमै जग्गा किनेर त्यसमा भवन निर्माण गरी पुस्तकालय सुरु गरेका गुरुङले पुस्तकालयकै लागि भनेर एक करोड भन्दा बढिको अक्षयकोष समेत स्थापना गरेका छन् । पुस्तकालयले हरेक वर्ष देशव्यापी रुपमा राष्टिूय कविता प्रतियोगीता र सृजनशील युवा पुरस्कार प्रदान गर्दै आएको छ । यसपटकबाट पुस्तकालयले वर्षभरि प्रकाशित पुस्तक मध्ये उत्कृष्टलाई पुरस्कार पनि प्रदान गर्ने भएको छ ।

नीजि लगानीमा पुस्तकालय खोलेर समाजमा पठन संस्कृतिको विकासमा योगदान पुर्‍याएको भन्दै ८० वर्षीय गुरुङलाई मन्त्रालयले सम्मान गरेको हो । धरान निवासी गुरुङ बुधबार मन्त्रालयमा उपस्थित भएर सम्मान ग्रहण गरे । गुरुङ र विमल पुस्तकालयको सेराफेरोमा निर्मित डकुमेन्टूी फिल्म ‘उर्मि’ केही समय दक्षिण एसियाली चलचित्र महोत्सवमा प्रदर्शन भएपछि पूणर्बहादुरको संघर्षको कथा चर्चामा आएको थियो । चलचित्रकर्मी प्रणय लिम्बुद्वारा निर्देशित ‘उर्मि’को टूेलर पनि सम्मान कार्यक्रममा प्रर्दशन गरिएको थियो ।

यस्तो छ, ‘उर्मि’को ट्रेलर :