‘प्रेमगीत ३’ को हिन्दि भाषाको ट्रेलर सार्वजनिक



काठमाडौँ। वर्ष कै प्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’को ट्रेलर सार्वजनिक गरिएको छ । करिब २ मिनेट लामो ट्रेलरले मुख्य पात्र प्रेम र गीतको गाथा गाउँछ । प्रेमलाई खजक राज्य र प्रेमिकाको रक्षा गर्नुछ । तर, एउटा मात्र चिज प्राप्त गर्ने उसको योगमा लेखिएको छ । यी दुई तत्वबीचको द्वन्द्व ट्रेलरमा देख्न सकिन्छ । हिन्दि भाषामा डब गरिएको ट्रेलर जी म्युजिक कम्पनीको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सन्तोष सेन र स्वर्गीय छेतेन गुरुङले निर्देशन गरेको चलचित्रमा प्रदीप खड्का र क्रिष्टिना गुरुङले शिर्ष भूमिका निर्वाह गरेका छन् ।

हिन्दि र नेपाली दुवै भाषामा रिलिज हुने चलचित्रमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी लगायतका कलाकारहरुको अभिनय छ ।

छेतेन गुरुङ र मनदीप गौतमको लेखन रहेको चलचित्रमा कल्याण सिंह/एलिश कार्कीको संगीत, राजेश श्रेष्ठ/पुरुषोत्तम प्रधानको छायाँकन, हिमाल केसीको द्वन्द र बनिश शाहको सम्पादन छ ।

आसुसेन फिल्म्स प्रोडक्सनको व्यानरमा निर्मित चलचित्रमा सन्तोष सेनको निर्माण, चक्र बहादुर चन्द/डम्बर विक्रम सेनको कार्यकारी निर्माण र कुमार शान शाह/ओएसआर डिजिटलको सहनिर्माण छ । चलचित्र असोज ७ देखि नेपाल सहित विश्वव्यापी रिलिज हुँदैछ ।