बजार घटे पछि अभिनेता आर्यन सिग्देल निर्माता बन्दै !


aaryan sigdel cbn
(सेलिब्रेटी नेपाल) २० असार-छविदेखि नायिका रेखा थापा टाढिएपछि छविसँग नजिक भएका आर्यन सिग्देल अब आफैँ निर्माता बन्ने भएका छन् ।एक्टिङ करिएर ओरालो लागिरहेको बेला अभिनेता आर्यन सिग्देल आफै सिनेमा निर्माण गर्न लागेका हुन्। हालै छवि ओझाको चलचित्र ‘लोफर’को छायांकन सकेर बसेका आर्यनले व्यानर साझेदारीमा फिल्म निर्माण गर्ने भएका हुन् । उनले सुवास इन्टरटेनमेन्टसँगको साझेदारीमा चलचित्र निर्माण गर्न लागेका हुन्।

विशुद्ध प्रेमकथामा आधारित ‘नोभेम्वर रेन’मा आर्यनको अपोजिटमा नम्रता श्रेष्ठ हुने सम्भावना रहेको छ। सामिप्य तिमल्सिनाको पटकथा तथा संवाद पढिसकेकि नम्रताले अर्को प्रोजेक्ट नजुधे यस चलचित्रमा काम गर्न इश्छुक भएको बताएकी छिन। यदी नम्रताले खेलिन भने आर्यनसँगको उनको दोस्रो चलचित्र हुनेछ। यस भन्दा अगाडी उनीहरुले ‘मेरो एउटा साथी छ’मा अनस्क्रिन रोमान्स गरेका थिए।

नोभेम्वर रेनलाई दिनेश राउतले निर्देशन गर्ने भएका छन् । राउतले यसअघि आइ एम सरी निर्देशन गरेका थिए, जसमा आर्यनले नायकको भूमिका निभाएका थिए। हाल आर्यन सुदर्शन थापाले निर्देशन गरेको चलचित्र ‘मधुमास’को सुटिङमा व्यस्त छन्। अब लगा लग आर्यन अभिनित तिन चलचित्र रिलिज हुने क्रममा रहेको छ। चलचित्र दबाब यहि असार अन्तिम बाट प्रदर्शनमा आउने छ। चलचित्र महसुस सावन अन्तिममा प्रदर्शन हुनेछ भने लोफ़र दशैं को छेको पारेर रिलिज हुने छ। यी चलचित्र रिलिज पछि आर्यनको भबिस्य पनि कता जाने भन्ने फाइनल हुनेछ।