अभिनेता श्रीदेव अजरबैजानमा सम्मानित



काठमाडौँ। अभिनेता श्रीदेव भट्टराई अजरबैजानमा सम्मानित भएका छन्। उनलाई चलचित्र क्षेत्रको प्रवद्र्धन र विकासमा पुर्याएको योगदानका लागि सम्मान गरिएको हो । सम्मेलनको आयोजक एवं अजरबैजानको प्रतिष्ठित संस्था समेत रहेको टेम्पो ट्रिप्सका संस्थापक प्रमुख सदागत तहमाजोभाले उनलाई उक्त सम्मान पत्र एवं अजरबैजानको राष्ट्रिय झण्डा अंकित सल ओढाएर सम्मान गरेकी थिइन्। सम्मेलनमा नेपालबाट करिब २ दर्जन व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

कोरोना कहरका कारण विश्वभर पर्यटन व्यबसायमा मन्दि भए संगै परेको असरको बारेमा विभिन्न देशका पर्यटन व्यबसायीहरुको सहभागिता रहेको उक्त सम्मेलनमा पर्यटन व्यबसायी वीच पर्यटन व्यबसायमा परेको असर र त्यसका समाधानका उपाय विषयक अन्तरक्रिया समेत गरिएको थियो । उक्त सम्मेलनले मुख्यत अजरबैजान पर्यटनको मुख्य गन्तव्य बन्दै गईरहेको सन्दर्भमा नेपालमा पनि अजरबैजानी पर्यटन भित्र्याउन पहलका विषयमा विशेष छलफल चलेको थियो । अजरबैजानको लोकप्रिय संस्था टेम्पो ट्रिप्सले आयोजना गरेको उक्त सम्मेलनमा नेपाल, अजरबैजान लगायत विभिन्न देशकका पर्यटन व्यबसायीहरुको उल्लेख्य सहभागिता रहेको थियो । सम्मेलनमा बोल्दै आयोजक संस्थाकी प्रमुख सदागत तहमाजोभाले यस सम्मेलनले नेपाल अजरबैजानको पर्यटन प्रवद्र्धनमा विकास र टेवा पुग्ने विश्वास व्यक्त गरिन् । नेपालबाट पत्रकार,कलाकार,समाजसेवी,राष्ट्रसेवक कर्मचारी लगायत करीब २ दर्जन व्यक्तित्वहरुले सहभागिता जनाएका थिए ।

सम्मेलनको अन्तिम दिन नेपालबाट सम्मेलनमा सहभागी चिकित्सा सेवा आयोगका उपसचिव सीताराम कोईराला, वरिष्ठ अधिबक्ता कलम बहादुर खत्री, वरिष्ठ समाजसेवी एवं व्यबसायी राधा देवी पराजुली,स्वास्थ्य व्यबसायी अरुण कोईराला, संचारकर्मी राजेन्द्र लुईटेल,चलचित्र अभिनेता श्रीदेब भट्टराई,संचारकर्मी सोनीत राज ढुंगेल, अर्थविज्ञ माधव निर्दोष,समाजसेवी तथा संचारकर्मी अनिल नगरकोटी,समाजसेवी रन्जिता गुरुङ्ग, ईभेन्ट डाईरेक्टर सन्तोष सुवेदी,फोटो पत्रकार युवराज नेपाललाई आयोजक संस्थाको तर्फबाट पर्यटन प्रबर्द्धन र विकासमा उल्लेख्य योगदान दिए वापत विशेष सम्मान प्रदान गरिएको थियो । नेपालमा आफ्नो क्षेत्रमा लामो समयदेखि उत्कृष्ट योगदान दिएका प्रतिष्ठित व्यक्तित्वहरुलाई छनौट गरि उक्त सम्मेलनमा सहभागी गराईएको थियो भने नेपालबाट सम्मानित र सहभागि व्यक्तित्वहरुको चयन भने पेजेन्ट नेपाल नेटवर्कले गरेकोे थियो । राष्ट्रखबर, तथ्यखबर, राष्ट्रपत्र, ग्यालेक्सि दैनिक ,पेजेन्ट नेपाल लगायत लोकप्रिय संचारमाध्यमहरु संचालन गर्दै आईरहेको पेजेन्ट नेपालले देश तथा विदेशमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ।