‘प्रकाश ले साँच्चिकै रुवाइदियो’ रवीन्द्र मिश्र



काठमाडौँ। शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘प्रकाश’ ले आफुलाई रुवाएको विवेकशिल साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले बताएका छन् । मंगलबार फिल्म हरेका मिश्रले सामाजिक संजालमा एक पोष्ट गर्दै आफुलाई फिल्मले रुवाएको बताएका हुन् ।

समीक्षा र राम्रो माउथ पब्लिसिटीका कारण फिल्म प्रति बिभिन्न राजनीतिज्ञले समेत चासो दिइरहेका छन् । केही दिन अगाडि नेपाी काँग्रेसका महामन्त्री गगन थापाले पनि फिल्म हेरेर राम्रो लागेको प्रतिक्रिया दिएका थिए ।

फिल्ममा निर्देशक दिनेश राउत, निर्माता महेन्द्र अधिकारी, अभिनेत्री दीया मास्के र लेखक विकास सुवेदीसँग खिचेको एक तस्विर पोस्ट गर्दै मिश्रले चलचित्र नहेरेको भए पछुतो हुने उल्लेख गरेका छन् ।

यस्तो छ मिश्रले सामाजिक सञ्जालमा दिएको प्रतिक्रिया


चलचित्र ‘प्रकाश’ले साँच्चिकै रूवाइ दियो !
आज म र मेरी श्रीमतीले प्रकाश हेर्यौँ। म धेरै सिनेमा हेर्ने मान्छे त होइन तर आजसम्म मैले अनेक स्वदेशी र विदेशी सिनेमा हेर्दा आँशु नै झारेर रोएको थिइन। प्रकाशले हलमा रूवाई दियो ! काठमाडौँमा जन्मिएको भए पनि आधा स्कूले जीवन सुदूर पश्चीममा टुकी बालेर, सिनेमामा देखाइएजस्तै स्कूलमा पढेको हुनाले पनि सिनेमाका दृष्यहरूले मेरो भावनासँग बढी तादात्म्य राखेको हुनसक्छ। तर त्यो तादात्म्यता भन्दा सिनेमामा धेरै बढी सन्देश छ।

शहरमा हुर्केका-बढेका, कर्णाली (र सुदूर पश्चिम) कहिल्यै नदेखेका, र मौका पाउँदा शहरतिरबाटै विदेश उड्ने, छोराछोरीलाई एक पटक आफैँसँग लिएर गएर ‘प्रकाश’ देखाउन सबै बुबाआमालाई आग्रह गर्दछु।
गरिवी, माओवादी द्वन्द्व, समाज-शिक्षाको चरम राजनीतिकरण र एउटा असल युवाको सरकारी शिक्षक बन्ने सपनाको दुखान्त समिश्रण हो – प्रकाश ।
लेखन, निर्देशन, अभिनय र प्रस्तुति सबै दृष्टिकोणबाट सिनेमा उत्कृष्ट छ। राम्रो र शक्तिशाली सिनेमा बनाउन गीत-संगीत-नृत्य नभए पनि हुन्छ र विषयवस्तु सामान्य भए पनि हुन्छ भन्ने कुराको ज्वलन्त उदाहरण हो – प्रकाश। सामान्य विषयवस्तुले कलात्मकरूपमा जिवन्तता पाएको छ। मेरो बुबाले भन्नुहुन्थ्यो, ‘कलामा विषयवस्तु होइन प्रस्तुति प्रधान हुन्छ।’ प्रकाश नहेरको भए पछुतो हुने रहेछ। (फोटो : प्रकाश सृजना गर्ने प्रोड्युसर, लेखक, निर्देशक र मूल पात्र दिया मास्केसँग। अर्का मूल पात्र प्रदीप खड्का भारतमा भएकाले भेट हुन सकेन – दुख लाग्यो ’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.