सुमिताको सोलो एल्बम‘नयना’ बिमोचन



काठमाडौ। गायिका सुमिता राईको दास्रो म्युजिक एल्बम ‘नयना’ बिमोचन भएको छ । केही दिन अगाडी राजधानीमा आयोजित एक कार्यक्रमका बिच वरिष्ठ कलाकार तथा पाइलट विजय लामा, चलचित्र बिकाश बोर्डका पुर्व अध्यक्ष राजकुमार राई, वरिष्ठ गायक उदय सोताङ, चर्चित निर्देशक मिलन चाम्स, निर्माता ज्योतिराज राई, लगायतले सामुहिक रुपमा गायिका सुमिताको ‘नयना’ एल्बम बिमोचन गरेका थिए ।

एल्बम बिमोचनपछि ‘नयना’ एल्बममै समावेश ‘यो पल’ बोलको गीतपनि सार्वजनिक गरिएको थियो । यस गीतको शब्द तथा संगीत उदय सोताङको रहेको छ, भने कृष्ण लिम्बुको एरेञ्ज रहेको छ । यो म्युजिक भिडियोलाई चर्चित निर्देशक मिलनले निर्देशन गरेका हुन् । यो म्युजिक भिडियोमा गायिका स्वयंम सुमिता, उनकाश्रीमाण खरुन राई र छोरी नयना राईले अभिनय गरेका छन् ।

कार्यक्रममा एल्बमका बारेमा बोल्दै निर्देशक मिलनले एल्बमको महत्वबारे प्रस्ट्याका थिए । चाम्सका अनुसार पछिल्लो समय एल्बम ल्याउन छाडिएपनि एल्बमको महत्व भने अझै कायमै रहेको बताए । त्यस्तै वरिष्ठ कलाकार तथा पाइलट लामालेपनि एल्बमका लागी सुमितालाई शुभकामना दिदै बिगतका समयका म्युजिक भिडियोको अनुभव साटेका थिए । कार्यक्रममा उपस्थित सबै अतिथीहरुले एल्बमका लागी शुभकामना दिएका थिए ।

गायिका सुमितालेपनि आफ्नो एल्बमको बारेमा बोल्दै एल्बमको नाम आफ्नै छोरीको नामबाट राखेको बताइन् । एल्बममा समावेश सबै गीतहरु पारिवारिक माया, प्रेमकै बारेमा रहेको पनि सुमिताले बताइन् ।

५ गीत समावेश एल्बममा ‘यो पल’, ‘फुल झै’, ‘फिका फिका’ र सुख खुशी बोलको गीतहरु रहेका छन् । सबै गीतहरुमा सुमिताको स्वर रहेको छ, भने डोएट गीतहरुमा चर्चित गायक प्रमोद खरेल, गायक रुक्मान लिम्बु र बाल गायिका मिन्छाम्मा राईले साथ दिएका छन् । एल्बममा उदय सोताङ, तारा प्रकाश लिम्बु, गंगाराज राई र खरुन राईको संगीत रहेको छ भने उदय, मुकेश राई, हेमकला किराती र कुमार इश्बोको शब्द रहेको छ । एल्बमको गीतहरुमा कृष्ण लिम्बु, साहस शाक्य, सबिन लिम्बु, राजु कार्की र फनिन्द्र राईको एरेञ्ज रहेको छ । ३ वर्ष अगाडी गायिका सुमिताले ‘सगुन’ पहिलो एल्बम ल्याएकी थिइन् । यो एल्बम सुमिता इन्टरटेन्मेन्टबाट बजारमा आएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.