‘जमुनीको छोरो’को कथा सुनाउँदै ‘ऐना झ्यालको पुतली’ को गीत (भिडियो)



काठमाडौँ। भदौ २४ मा प्रदर्शन हुन गइरहेको फिल्म ‘ऐना झ्यालको पुतली’मा समावेश गरिएको बाल गीत सार्वजनिक गरिएको छ । ‘मेरो गाउँ ज्यामिरे’ बोलको गीत फिल्मझैँ केटाकेटीको वरिपरि रहेर तयार गरिएको छ । रामबाबु सुवेदीको शब्द रचना रहेको गीतमा रामेश श्रेष्ठको संगीत रहेको छ । गीतमा टेम्दो छिरिङ, अङ्गमु लामा र स्वर्णिम स्कुलका विद्यार्थीहरूले आवाज दिएका छन् ।

रामबाबु सुवेदीका अनुसार यो गीत उनले २०४० सालमा रचना गरेका थिए । २०४२ सालमा रामेश श्रेष्ठले यसको संगीत गरेका थिए । रेडियो नेपाल तथा एफएममा बज्दै आएको यही बाल गीतलाई निर्माण टिमले फिल्मको ओर्जिनल साउन्ड ट्रयाक(ओएसटी)को रुपमा सार्वजनिक गरेको हो । रचनाकार रामबाबु सुवेदीले आफूले गीतमा कल्पना गरे जस्तै फिल्मको कथा पनि दुरुस्त रहेकाले गीत प्रयोगका लागि अनुमति दिएको बताए ।

लेखक तथा निर्देशक सुजित बिडारीले निर्देशन गरेको फिल्म बुसान, ढाका, फ्रिबर्ग लगायत थुप्रै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनौट भएको तथा पुरस्कृत भइ सकेको छ। फिल्मले सुदूर पहाडको ज्यामिरे गाउँको एक परिवारको कथा पेस गर्छ जुन परिवार अर्थ अभावका कारण छोरीलाई माध्यमिक शिक्षा दिन पनि संघर्ष गर्छ । योबाहेक फिल्मले बाल्यकाल र योसँग स्मृतिका कथा पनि पेश गर्छ । सुजित बिडारीको निर्देशन रहेको फिल्मलाई आकाश पौडेल, रामकृष्ण पोखरेल,प्रविन स्याङ्बो र सुजित बिडारी स्वयं मिलेर निर्माण गरेका हुन् ।

फिल्ममा सिरु बिष्ट बाहेक पहिलो पल्ट अभिनय गर्ने कलाकारको बाहुल्यता रहेको छ । फिल्ममा कञ्चन चिमरिया, दिनेश खत्री, उमेश श्रेष्ठ, अशोक सिवाकोटी आदिले अभिनय गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.