अमिर कसलाई भन्दैछन् ‘आँखामा छौ तिमी’ (भिडियो)


काठमाडौं। रंग पत्रकार कुमार आचार्य निर्देशित नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । अमित रसाईली र ममता गुरुङको स्वरमा रहेको गीत ‘आँखामा छौ तिमी’ को भिडियो सार्वजनिक गरिएको हो । ओम सुनारको शब्द संगीत रहेको गीतमा ओमकै संगीत संयोजन रहेको छ ।

गीतको भिडियोमा अमिर बराल र रुक्सना खातुनले अभिनय गरेका छन् । रवि कोइरालाले खिचेको गीतको भिडियोमा बन्दे प्रसादको सम्पादन ,प्रबिन ढकालको कलर रहेको छ । म्युजिक भिडियोलाई रेडबर्ड अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।