दुबईमा रहेका महिला दिदि बहिनिहरुको तीज बिसेष कार्यक्रम सम्पन्न



काठमाडौँ। तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । हाल विदेशमा रहेका नेपाली महिलाहरूले पनि यो चाड बडो धुमधामकासाथ मनाउने गरेको पाइन्छ ।

यस्तै क्रममा दुबईमा रहेका महिला दिदि बहिनिहरुले पनि तीजको अवसरमा बिसेष कार्यक्रम गरेर मनाएका छन्। गोधुली लाइभ दोहोरीको आयोजनमा भएको कार्यक्रममा सय भन्दा बढी महिला दिदि बहिनिहरु सहभागी रहेको संस्थाका अध्यक्ष कृष्ण रोक्काले जानकारी दिए। बर दुबईमा रहेको नेपाली रेस्टुरेन्ट हिउँचुलीमा उक्त कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा नाच गानका साथै तीजको दर खाने कार्यक्रम गरिएको थियो। परदेशमा रहेर पनि आफ्नो परम्परा र कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यका साथ कार्यक्रम गरिएको अध्यक्ष रोक्काले बताए। कार्यक्रममा सहभागीहरुलाई प्रशंशा पत्र पनि प्रदान गरिएको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.