‘बाबरी’ रिलिज नहुँदै धिरज र अदितिलाई लिएर नयाँ फिल्म निर्माणको घोषणा



काठमाडौं । ‘बाबरी’ निर्मात्री पुष्पलता बुढाथोकीले नयाँ फिल्म निर्माण घोषणा गरेकी छन् । आफू निर्मित पहिलो फिल्म रिलिज नहुँदै बुढाथोकीले नयाँ अनटाइटल प्रोजेक्टको घोषणा गरेकी हुन् ।

फिल्ममा मुख्य कलाकारको रुपमा ‘बाबरी’का धिरज मगर र अदिति बुढाथोकी फाइनल भएका छन् । ‘बाबरी’ आउँदो असोज १४ देखि सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

पुष्पलताका अनुसार अहिले स्क्रिप्ट लेखनको काम भैरहेको छ । यस अनटाइटल प्रोजेक्टको लागि हाललाई निर्देशकको नाम गोप्य राखिएको निर्मात्री बुढाथोकीले बताइन् ।
आगामी फागुनदेखि फ्लोरमा जाने फिल्मको क्रु बिस्तारै सार्वजनिक गर्दै जाने उनले बताइन् ।

पुष्पलता निर्मित ‘बाबरी’ यतिबेला चर्चामा छ । फिल्ममा समावेश ‘बाबरी रंग’ र ‘चुलबुल चुलबुल’ गीत हिट भैसकेका छन् । ११ लाख भ्युज पाइसकेको ट्रेलरमा दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । सुरेन्द्र पौडेल निर्देशित फिल्ममा धिरज र अदितिसंगै धिरज नाडकरको मुख्य भूमिका छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.